Monday, March 8Nepal News Portal
Shadow

कडा निषेधाज्ञा जारी गर्न उपत्यका मेयर फोरमको आग्रह


काठमाडौं, २७ कार्तिक (ससं) । उपत्यका मेयर फोरमले तिहार र छठपछि कडा निषेधाज्ञा जारी गर्न कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ । बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् । काठमाडौं उपत्यकामा बढ्दो सङ्क्रमणको दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका निष्कर्ष छ ।

उपत्यकामा बढिरहेको सङ्क्रमण दर नियन्त्रणका लागि तिहार, छठ लगत्तै निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको छलफलमा सहभागी एक मेयरले जानकारी दिए । उपत्यकामा बढिरहेको सङ्क्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएकाले अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव गर्ने बताइएको छ ।

सीसीएमसीका पदाधिकारीहरुसँगको छलफलमा कोभिडबाट उत्पन्न समस्या समाधानका विषयमा पनि छलफल भएको हो । महामारी नियन्त्रणका लागि पालिका र सङ्घीय सरकारबीच समन्वय हुन नसक्दा समस्या झन् बल्झिने खतरा रहेकाले नियन्त्रणका लागि एकीकृत रुपमा पहल गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको छ ।

Total Page Visits: 5 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्