Thursday, March 4Nepal News Portal
Shadow

रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला


काठमाडौं, १ मंसिर (ससं) । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पाँच वर्षपछि सर्वसाधारणका लागि खुल्ला गरिएको छ। वि.सं. २०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि बन्द रहेको रानीपोखरी हालै पुनर्निर्माण सम्पन्न भएसँगै भाइटीकाको अवसरमा खुल्ला गरिएको हो । काठमाडौं महानरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको हो।

दिदीबहिनी नहुनेका लागि प्रत्येक वर्ष भाइटीकाको दिन काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। पुनः निर्माणपछि पहिलोपटक मन्दिर खुला गर्न लागिएको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ। दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।

Total Page Visits: 2 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्