Monday, March 8Nepal News Portal
Shadow

बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ


काठमाडौं, २ मंसिर (ससं)। चन्द्रागिरि नगरपालिका–२, बसुण्डोलकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा छिमेकी पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय सुरेश लोहार रहेका छन् ।

महानगरीय प्रहरी वृत्त, थानकोटका अनुसार सोमबार साँझ बालिकाको परिवारले उजुरी दिएपछि युवक पक्राउ परेका हुन् । पीडितको सोमबारै थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण गराइएको उनले बताए ।

बालिकालाई भेट्न बोलाएर कोठामा लगी करणी गरेको पीडित परिवारको जाहेरीमा उल्लेख छ । लोहारलाई मुलुकी अपराध संहितामा भएको करणी सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 4 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्