काठमाडौं,२ मंसिर (ससं) । सर्लाहीको बरहथवा नगरपालिका २ पञ्चे मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
हाल नम्बर नखुलेको ट्याक्टरको टेलरमा बा ३५ प ३०२७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक २५ वर्षीय सुनील कुशुवरको मृत्यु भएको हो।
दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए। उनको एडभान्स सञ्जिवनी अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो।
Total Page Visits: 2 - Today Page Visits: 1