काठमाडौं, २ मंसिर (ससं) । ललितपुरको गोदावारी नगरपालिका–१२ धापाखेलमा ३० लाख ७० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।
हृदयबहादुर घिमिरेको घरबाट सुनका विभिन्न गरगहना र मोती डाइमन्डको गरगहनासमेत चोरी भएको हो।
चोरी कार्यमा संलग्नहरूको पहिचान भइनसकेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घरमा कोही नभएको मौकामा सोमबार चोरी भएको हो। प्रहरीले घटनाबारे भने अनुसन्धान थालेको छ।
Total Page Visits: 16 - Today Page Visits: 1