Tuesday, March 2Nepal News Portal
Shadow

नेकपाभित्र बिबाद बढे पनि पूर्वनिर्धारित समयमा नै सचिवालय बैठक बस्ने


काठमाडौं, ३ मंसिर (ससं) । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र बिबाद बढे पनि पूर्वनिर्धारित समयमा नै सचिवालय बैठक बस्ने भएको छ।

आज बोलाईएको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुने भनिए पनि सचिवालय बैठक निर्धारित समयमा नै हुने भएको हो।
“यसअघि नै निर्णय भए अनुसार सचिवालय बैठक निर्धारित समयमा नै सम्पन्न हुनेछ”, प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाले भने, “प्रधानमन्त्री बैठकमा उपस्थित नहुने भन्ने हल्ला मात्रै हो।” उनका अनुसार गत कार्तिक २८ गते सचिवालय बैठकले निर्धारित गरेको समय भएकाले यस बिचमा बिबाद हल गर्ने प्रयास मात्रै गरिएको तर प्रधानमन्त्री ओलीले बैठकमा नै उपस्थित नहुने भन्ने बिषय हल्ला मात्रै हो।

वालुवाटार स्रोतका अनुसार, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिबाद हल गर्नका लागि सचिवालय बैठकमा जानु अघि दुई अध्यक्षका बिचमा छलफल हुनुपर्ने तर्क राखिएको तर बैठक सार्न प्रस्ताव भने गरिएको थिएन। प्रधानमन्त्री ओलीले बैठक सार्न प्रस्ताव गरेको र बैठकमा उपस्थित नहुने भनेर अफवाह मात्रै फैलाइएको प्रधानमन्त्रीका सहयोगीहरूले बताएका छन्।

Total Page Visits: 1 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्