काठमाडौं, ६ मंसिर (ससं) । जाडोयाममा वायु प्रदूषण बढ्ने भएकाले कारोना भाइरसको संक्रमण थप फैलिन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । मंसिर दोस्रो सातादेखि माघ तेस्रो सातासम्म चिसो बढी हुनेछ ।
वातावरणविद् भूषण तुलाधरका अनुसार जाडो मा वायु प्रदूषण वर्षायाममा भन्दा ४–५ गुणा बढी हुन्छ । जाडोमा बिहान ८ देखि १० बजेसम्ममा वायु प्रदूषण बढी हुन्छ त्यतिबेला अत्यन्तै सचेत हुनुपर्नेछ ।
विज्ञहरूका अनुसार पानी नपर्ने र हावा नचल्ने भएकाले जाडो मौसममा प्रदूषण बढी हुन्छ । यही समयमा भाइरस पनि बढी सक्रिय रहन्छ । काठमाडौं उपत्यका कचौरा आकारको भएकाले जाडोयाममा धूलोको कण तल्लो भागमा तैरिएको हुन्छ । त्यस्तो बेला बाहिरबाट घरभित्र जाँदा धूलोका मसिना कणसँगै भाइरस पनि टाँसिएर गएको हुन्छ । त्यस्ता कणले श्वासप्रश्वास, छाती रोग र अन्य दीर्घरोगीलाई छिट्टै आक्रमण गर्ने सम्भावना उच्च हुन्छ ।