काठमाडौं, ६ मंसिर (ससं) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोना सङ्क्रमण पुष्टिभएको छ । उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको स्थानीय समयअनुसार शुक्रबार पुष्टि गरेका हुन्।
सङ्क्रमण पुष्टि भएसँगै उनलाई क्वारेन्टाइनमै राखिएको प्रवक्ताले जानकारी दिएका छन्।
यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको केहीअघि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए। त्यसैगरी ट्रम्पकी पत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अन्य केही सदस्यहरूसमेत केही समय अगाडि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए।
अहिले ट्रम्प जुनियरकी गर्लफ्रेन्ड किमबेर्ली गुइल्फोयले पनि सङ्क्रमित भएको अधिकारीहरूले जानकारी दिएका छन्।