Sunday, February 28Nepal News Portal
Shadow

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयो


काठमाडौं ८ मंसिर (ससं) । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २७ वर्षीय विकास चौधरी र सोही मोटरसाइकलको पछाडि सवार २० वर्षीय हरि गुरुङ्गको मृत्यु भएको हो ।

मोटरसाइकल बुटवल–भैरहवा सडकखण्डको भलबारीमा सोमबार अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा गम्भीर घाइते भएका दुवैजनाको क्रिमसन अस्पताल माणिग्राममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरीले बताएका छन् ।

Total Page Visits: 2 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्