Tuesday, March 2Nepal News Portal
Shadow

नवलपरासीमा १७ जना जुवाडे पक्राउ


काठमाडौं, ११ मंसिर (ससं) । नवलपरासीमा १७ जना जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

मध्यविन्दु नगरपालिका ८ भागडा बस्ने तिलकराम योगी थारूको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँका २८ वर्षीय सुरेश महतोसहित १७ जनालाई गएराति पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।

उनीहरूको साथबाट प्रहरीले ४८ हजार २७० रूपैयाँ, ५०० भारतीय रूपैयाँ र १६ थान कौडा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले उनीहरू विरुद्ध जुवातास ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ।

Total Page Visits: 11 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्