Saturday, February 27Nepal News Portal
Shadow

बलात्कार घटना गाउँमै मिलाएको आरोपमा ४ पक्राउ


काठमाडौं, १४ मंसिर (ससं) । बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरी बलात्कारको घटना गाउँमै मिलाएको आरोपमा वडा अध्यक्षसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिगास गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष शेरसिंह धामी, सोहि स्थानकै राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई बैतडी प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएको हो ।

उनीहरुमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बलात्कारको घटनाका मुख्य आरोपी दिपक सिंह धामी भने फरार रहेको प्रहरीले जनाएको छ । उनी केहि समय अघि नै भारत गइसकेका छन् ।

किशोरीमाथि गत जेठमा बलात्कार भएको थियो । असार १४ गते गाउँमै १ तोला सुन किशोरीलाई दिने भन्दै तमसुक बनाएर गाउँमै मिलापत्र गरिएको थियो । पीडित पक्षलाई सुन नदिएपछि गत बुधबार घटना बाहिर आएको हो ।

Total Page Visits: 1 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्