काठमाडौं, १७ मंसिर (ससं)। कैलालीको टिकापुर नगरपालिका १ स्थित वन कार्यालय नजिकै गए राति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मोटरसाइकलको पछाडी बसेका कैलालीकै बर्दगोरिया ६ का ४६ वर्षीय रमेश विष्टको मृत्यु भएको हो ।
कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा गए राति सवा १ बजे उनको मृत्यु भएको हो।
गएराती साढे ९ बकजे से ४ प ६५ ६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो। मोटरसाइकल सहित चालकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Total Page Visits: 1 - Today Page Visits: 1