Monday, March 8Nepal News Portal
Shadow

प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि नेकपा सचिवालयको बैठक रोकियो


काठमाडौं, १७ मंसिर (ससं)। प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि नेपाल कम्युनिष्ट पार्टी को सचिवालय बैठक औपचारिक छलफल नभई स्थगित भएको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि मंसिर २० गतेका लागि बैठक सारिएको बताए। सचिवालय बैठकले पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समााधानका लागि अध्यक्ष ओलीको समेत उपस्थितिमा बैठक बस्नु उचित हुने भन्ने निष्कर्षका साथ आगामी बैठकमा उपस्थिति हुन अनुरोध गर्ने निर्णय सहित मंसिर २० गतेका लागि बैठक बोलाईको प्रवक्ता श्रेष्ठले बताएका छन्।

Total Page Visits: 22 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्