काठमाडौं, १८ मंसिर (ससं)। आज (विहीबार) एकै दिन सुनको भाउ प्रतितोलामा एक हजार ६०० रुपैयाँले बढेको छ ।
हिजो प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ लगातार तेस्रो दिन उकालो लाग्ने क्रममा आज ९२ हजार ६०० रुपैयाँ पुगेको हो। तीन दिनमा सुनको भाउ २ हजार ६०० रुपैयाँ बृद्धि भइसकेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार १५० रुपैयाँ कायम छ।
त्यस्तै, सुनसँग बढिरहेको चाँदीको प्रतितोला मूल्य एक हजार २०५ रुपैयाँ तोकिएको छ। हिजो चाँदीको मूल्य एक हजार १८५ रुपैयाँ थियो।
Total Page Visits: 6 - Today Page Visits: 1