Tuesday, March 9Nepal News Portal
Shadow

लगातार उकालो लागेको शेयर बजारमा बिहीबार करेक्सन


काठमाडौं, १८ मंसिर (ससं) । केहि दिन लगातार उकालो लागेको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार भने घटेर बन्द भएको छ । आज कारोबार सुरु भएदेखि नै उतारचढाव आएको बजार १५.५७ अंक घटेर २०५५ विन्दुमा रोकिएको हो । तर बुधबारको तुलनामा कारोबार रकम भने बढेको छ । हिजो ७ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ८ अर्ब २ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज नेप्से परिसूचक २११५ विन्दुसम्म पुगेको थियो ।
२०० कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता शेयर खरिद विक्री भएको छ । घटेको बजारमा सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य बढेको भन्दै बजारमा विभिन्न किसिमका हल्ला चलेपछि लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेको देखिन्छ । आज यो कम्पनीको १ अर्ब ११ करोड ४० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको अन्तिम शेयर मूल्य आज १ हजार ७३५ रुपैयाँ कायम भएको छ ।
सर्वाधिक शेयर मूल्य वृद्धि अपर तामाकोशी हाईड्रोपावर लिमिटेड र नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । अपर तामाकोशीको शेयर मूल्य ४३१ रुपैयाँ कायम भएको छ भने नेपाल सेवाको शेयर मूल्य ८५५ रुपैयाँ कायम भएको छ ।
कारोबारमा आएका १२ समूहमध्ये हाईड्रोपावर समूह र लघुवित्त समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचकमा कमी आएको छ । हाईड्रोपावर समूहको परिसूचक ०.६ प्रतिशत र लघुवित्त समूहको परिसूचक ०.९५ अंकले वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा उद्योग समूह रहेको छ । यो समूहको परिसूचक ६.९४ अंकले घटेको छ ।

Total Page Visits: 6 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्