काठमाडौं, १८ मंसिर (ससं)। नेपालमा आज थप १,३४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ९,२८९ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीषण गरिएको थियो। हालसम्म नेपालमा १७ लाख ६३ हजार ९१९ जनामा कोरोना भाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ३७ हजार ५८९ पुगेको छ।
Total Page Visits: 4 - Today Page Visits: 1