Thursday, March 4Nepal News Portal
Shadow

नेपाल स्वयंसेवी रक्तदाता समाजदरा स्थानीय स्वयंसेवी रक्तदाताहरुको भेला


काठमाडौं, २० मंसिर (ससं) । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा शनिबार काठमाडौं महानगरपालिका वडा नं. २४ स्थित मखँ बहाःमा स्थानीय स्वयंसेवी रक्तदाताहरूको भेला सम्पन्न भएको छ । कोरोना भाईरस (कोभिड–१९)ले विश्श्वब्यापी महामारीको रूप लिईरहेको वर्तमान अवस्थामा समेत रक्तदाताहरू स्वयंसेवी तवरले संगठीत हुँदै रक्त व्यवस्थापनमा टेवा पुर्याउने मूल ध्ययका साथ संगठन बिस्तारमा जुट्दै छन् भने सम्बन्धित निकाय कहिँकतै आफ्नो योजनाका साथ रक्तदाताहरू माँझ उपस्थिति जनाउन सकिरहेको छैन ।
रगत र रगतबाट तयार पारिएका तत्वहरू पीडित पक्षलाई सहज र सर्वसुलभ कसरी उपलब्ध गराउन सकिन्छ र हाल बिश्वब्यापी महामारीको रूप लिईरहेको कोरोना भाईरस कोभिड – १९ का बिरामीहरूलाई प्लाज्मा थेरापीबाट गरिंदैे आएको उपचारलाई मागनुसार वा आवश्यकतानुसारको,कोरोना भाईरस,(कोभिड – १९) बाट संक्रमित भई स्वास्थ्य लाभ गर्नुहुनेहरूबाट प्लाज्मा दान गर्न र गराउन पहलकदमी गर्नुपर्ने र नेपाल स्वयंसेवी रक्तदाता समाजको लक्ष्य र उद्देश्य प्राप्ति नै रक्त व्यवस्थापनको मूल मर्म हो भन्ने छलफल मै केन्द्रीत उक्त भेलाले नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २४ वडा नगर समिति समेत गठन गरिएको छ ।
मखँ बहाःमा आयोजित उक्त भेलाले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई खादा ओढाएर सम्मान गरिएको उक्त भेलामा नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष राम रञ्जित र नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका सचिव राजेश मानन्धर अतिथि रहेका थिए ।
भेलाले सुरेश शिलाकार अध्यक्षतामा सर्वसम्मत चयन गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २४ वडा नगर समितिमा क्रमशः निरज बिलास बज्राचार्य-उपाध्यक्ष,राम कृष्ण बैद्य सचिव,ओम रन्जित-कोषाध्यक्ष,सदस्यहरूमा क्रमशः सजेन लाल श्रेष्ठ, हितेस काजि प्रधान,निप्पन रत्न बज्राचार्य,लजुना बज्राचार्य,रमिता बज्राचार्य,लक्ष्मी जोशी श्रेष्ठ,सुजित बिलास बज्राचार्य,राजेन्द्र श्रेष्ठ,लभ बिलास बज्राचार्य रहेका नव गठित उक्त कार्य समितिलाई संस्थाको लोगो अंकित बाय् ज तथा खादा पहराई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।
शनिबार गठित उक्त कार्य समितिले वर्तमान कोभिड–१९ ले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै रगत र रगतबाट तयार रक्त तत्वहरूको अभावलाई सम्बोधन तथा नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न गराउन गरिएको आह्वानलाई सार्थक तुल्याउन रक्तदान कार्यक्रम समेत आयोजना गर्ने नव गठित नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २४ वडा नगर समितिका अध्यक्ष सुरेश शिलाकारले जानकारी दिनु भयो ।

Total Page Visits: 9 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्