Saturday, March 6Nepal News Portal
Shadow

ताप्‍न बालेको आगो सल्केर घर जल्दा एकजनाको ज्यान गयो


काठमाडौं, पुस ५ (ससं)। मोरङको विराटनगर महानगरपालिकामा घरमा बालेको घुरबाट आगलागी हुँदा जलेर एकजनाको ज्यान गएको छ ।महानगरपालिका १४, झट्याई बस्ने राजेश दासको घरमा आगलागी हुँदा आगोमा जलेर १४ वर्षीय रबिन दासको मृत्यु भएको हो।यस्तै, सोही आगलागीमा जलेर घाइते भएका २ जनाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचर, नगद गरी करिब चार लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

स्थानीयबासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Total Page Visits: 15 - Today Page Visits: 3
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्