काठमाडौं, पुस ७ (ससं)। आज सुनको भाउ प्रतितोला ३०० घटेको छ ।
हिजो प्रतितोला ९५ हजार २०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ९४ हजार ९०० रूपैयाँ कायम छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९४ हजार ४०० रूपैयाँ तोकिएको छ।
सुनको मूल्य घटेसँगै चाँदीको मूल्य प्रतितोला १६ रूपैयाँ घटेर एक हजार ३१४ रूपैयाँमा कारोबार भइरहेको छ।
Total Page Visits: 15 - Today Page Visits: 4