Saturday, February 27Nepal News Portal
Shadow

कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै


काठमाडौं, पुस ७ (ससं) । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ।

दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको हो। बैठकमा संसद् विघटनको विषयमा छलफल हुने सो्रतले बताएको छ ।
सो्रतका अनुसार आज बस्ने बैठकको ‘म्यान्डेट’ को आधारमा संसद विघटनको विरुद्धमा कांग्रेस अगाडि बढ्ने छ।

आज आह्वान गरेको कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी हुनेछन्।

यसअघि मंगलबार नेकपाको असन्तुष्ट पक्षका नेताहरू र जनता समाजवादी पार्टीका शीर्षस्थ नेताहरू सम्मिलित सर्वदलीय बैठक आह्वान गरेर कांग्रेसले संसद विघटनविरुद्ध एकीकृत आन्दोलन गर्ने उद्घोष गरेको थियो।

Total Page Visits: 1 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्