Monday, March 1Nepal News Portal
Shadow

बेलायतबाट आउने यात्रुहरूलाई नेपाल प्रवेशमा रोक


काठमाडौं, पुस ८ (ससं) । बेलायतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण बाहिर गएपछि सरकारले बेलायतबाट आउने सम्पूर्ण यात्रुहरूमाथि नेपाल प्रवेशमा रोक लगाएको छ।

बेलायतबाट सिधै आउने सुरु उडान र बेलायतलाई ट्रान्जिट बनाई आउने दुवैथरि यात्रुहरूलाई नेपाल प्रवेशमा सरकारले रोक लगाएको हो।

“विश्वव्यापी कोरोना महामारीको अवस्थालाई मध्यनजर गरी बेलायतबाट सुरु उडान वा ट्रान्जिट भई नेपाल आउने सम्पूर्ण यात्रुहरूलाई अर्को सूचना नभएसम्मको लागि नेपाल प्रवेश नर्ग निषेध गरिएको व्यहोरा यसै सूचनाबाट जानकारी गराइन्छ,” गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अध्यागमनको यो सूचनासँगै अर्को सूचना जारी नभएसम्म बेलायतबाट सीधै वा बेलायतलाई ट्रान्जिट बनाएर आउने कसैले पनि नेपालमा प्रवेश पाउने छैनन्। यो निर्णय आजबाट लागू गरिएको छ।

वल्डोमिटर्सको तथ्याङ्क अनुसार बेलायतमा हालसम्म २१ लाख १० हजार ३१४ जनाका कोरोना संक्रमण भइसकेको छ। संक्रमितमध्ये ६८ हजार ३०७ जनाको मृत्यु भइसकेको छ। पछिल्ला दिन बेलायतमा दैनिक ३० हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिदैआएका छन्।

Total Page Visits: 8 - Today Page Visits: 5
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्