
दाङको एक सडक रातारात भाईरल
काठमाडौं, (ससं) । पछिल्लो समय सामाजिक सञ्जालमा धेरै कुराहरू रातारात चर्चा (भाइरल) भएको पाइन्छ। दाङको एउटा सडक पनि टिकटकमा हिजोआज भाइरल हो। जुन सडक अवलोकन गर्न दैनिक सयौँ संख्यामा मानिसहरू आउने गरेका छन्।दाङको घोराही उपमहानगरपालिका(१० नारायणपुरदेखि रोल्पाको होलेरी जोड्न सडक करिब एक सातायता सामाजिक सञ्जाल टिकटकमा निकै भाइरल भइरहेको हो।
घोराही–१०, नारायणपुरदेखि वडा नं. ११ हुँदै १२ को सिमलकुटीसम्म करिब ९ किलोमिटर सडक कालोपत्रे भएको छ। उक्त सडक अन्तर्गत घोराही–११, झुम्केटाडी निकै भा’इरल भइरहेको छ । त्यहाँ भिडियो बनाउनको लागि जिल्लाका विभिन्न ठाउँबाट टिक टक प्रयोगकर्ताहरू पुग्ने गरेका छन्। सामाजिक सञ्जाल टिकटकमा भिडियोदेखि पछि आफू पनि हेर्न आएको तुलसीपुरकी कल्पना डाँगीले बताइन्।
‘टिकटकमा निकै भाइरल भएको थियो, कस्तो रहेछ भनेर हेर्न आएको हौँ,’ उनले भनिन्, ‘अन्य दिनभन्दा विदाको दिन निकै ...