Tuesday, March 9Nepal News Portal
Shadow

आर्थिक

डिप्रोक्स लघुवित्तको २० प्रतिशत लाभांश चैत २० गते पारित हुने

डिप्रोक्स लघुवित्तको २० प्रतिशत लाभांश चैत २० गते पारित हुने

आर्थिक, समाचार
काठमाडौं, (ससं) । डिप्रोक्स लभुवित्त वित्तीय संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभा आगामी चैत २० गते शुक्रबार हुने भएको छ । फागुन २१ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले होटल मोनालिसा सौराहा, चितवनमा विहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर उक्त सभाबाट परित गरिने छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापूूँजीको ५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर शेयरधनीहरुलाई दिने निर्णय गरिएको छ । साधारणसभा प्रयोजनका लागि चैत १० गतेदेखि चैत २० गतेसम्म शेयर दाखिल खारेज बन्द (बुक क्लोज) रहनेछ । चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई नियमानुसार सि.डि.एस.एण्ड क्लियरिङ्ग लिमिटेडबाट राफसाफसमेत भई शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमा रहेको दर्ता किताबमा कायम हुन आएक...
आज तोलामा ९०० ले घट्यो सुनको मूल्य

आज तोलामा ९०० ले घट्यो सुनको मूल्य

आर्थिक
काठमाडौं, (ससं) । सुनको मूल्य आज तोलामा रु ९०० ले घटेको छ। स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको थियो। यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो। यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ। तोलामा रु एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५० मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।...
ज्योति लाइफको आईपीओ निष्कासन

ज्योति लाइफको आईपीओ निष्कासन

आर्थिक, प्रमुख समाचार, समाचार
काठमाडौं, (ससं) । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारण शेयर (आईपीओ) शुक्रबार (आज) देखि निष्कासन हुने भएको छ । कम्पनीले एक सय रुपैयाँका दरले ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा आज १० बजेदेखि छिटोमा फागुन २६ गतेसम्म र ढिलोमा चैत ६ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटलले यसअघि यही फागुन २३ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो । तर, सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सिष्टममा प्राविधिक कठिनाइ आउन सक्ने भन...
आज सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

आज सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

आर्थिक
काठमाडौ, (ससं) । मंगलबार ह्वात्तै घटेको सुनको मूल्य आज ५०० ले बढेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार छापावाला सुनको मूल्य पाँच सय रुपैयाँले बढेर ८७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार थियो। यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य तोलाको १२ सय ९० रुपैयाँ थियो।...
मंगलबार शेयर बजार राताम्य, दुई समूहबाहेक सबै समूहको परिसूचक घट्यो

मंगलबार शेयर बजार राताम्य, दुई समूहबाहेक सबै समूहको परिसूचक घट्यो

आर्थिक, समाचार
काठमाडौं, (ससं) । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५९.७० अंक घटेर २४५५.३३ विन्दुमा झरेको हो । हिजोको तुलनामा नेप्से परिसूचक २.३७ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । त्यस्तै आज कारोबार रकम भने हिजोको तुलनामा वृद्धि भएको छ । हिजो ५ अर्ब ६० करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ६ अर्ब ११ करोड रुपैयाँको शेयर कारोबार भएको हो । २०८ कम्पनीको १ करोड ३१ लाख ६ हजार ७३८ कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका १३ वटा समूहमध्ये उद्योग समूह र होटल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक राताम्य भएको छ । उद्योग समूहको परिसूचक ९.१८ प्रतिशतले वृद्धि भएको छ भने होटल तथा पर्यटन समूहको परिसूचक ०.८ प्रतिशतले वृद्धि भएको छ । आज सर्वाधिक शेयर मूल्य वृद्धि साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडको भएको छ । यो कम्पन...
ज्योति लाइफको आईपीओ निष्कासन मिति सर्‍यो

ज्योति लाइफको आईपीओ निष्कासन मिति सर्‍यो

आर्थिक, प्रमुख समाचार, समाचार
काठमाडौं, (ससं) । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारण शेयर (आईपीओ) निष्कासनको मिति अघि सर्ने तयारी गरेको छ । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटलले यसअघि यही फागुन २३ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी गरेको गरेको भएपनि २ दिन अगाडि सार्ने तयारी गरेको हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सिष्टममा प्राविधिक कठिनाइ आउन सक्ने भन्दै निष्कासनको मिति सार्न सुझाएपछि कम्पनीले फागुन २१ गते (शुक्रबार) देखि निष्कासनको तयारी गरेको हो । यसका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको बोर्डका प्रवक्त निरज गिरीले जानकारी दिए । साथै कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटलका बिजनेश चिफ अफिसर कमल नेपालले यसको पुष्टि गरेका छन् । ‘आइपीओ निष्कासनको मिति सार्नेबारे सेबोनसँग कुराकानी भइसकेको छ, यससम्बन्धी अन्तिम पत्र आउन भने बाँकी छ ।’ यससम्बन्धी सूचना कम्पनीले सम्भवतः भोलि ९बुधवार० सार्वजनिक...
सुनको मूल्य आज ह्वात्तै घट्यो,

सुनको मूल्य आज ह्वात्तै घट्यो,

आर्थिक, प्रमुख समाचार
काठमाडौं, (ससं) । सुनको मूल्य आज (मंगलबार) तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार (हिजो) ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य घटबढमा अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ । यस्तै आज तेजावी सुनको मूल्य ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो । सुनसंगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । सोमबार प्रतितोला १३४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि ४० रुपैयाँले घटेर १२९० रुपैयाँमा झरेको छ ।...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति पुयो ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति पुयो ?

आर्थिक, प्रमुख समाचार, समाचार
काठमाडौं, (ससं) । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल निगम (आईओस)ले बढाएसँगै निगमले पनि मूल्य वृद्धि गरेको हो । भारतीय निगमले पेट्रोलियम पदार्थको मूल्य सोमबार फेरि बढाएर पठाएको निगमले जनाएको छ । आईओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । निगमले फागुन १७ गते राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मतिटेलको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ भने मटितेल र डिजेलको मूल्य ९९ रुपैयाँ पुगेको छ । हवाई इन्धनको मूल्य पनि आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँले वृद्धि भएको छ । ...
आज बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

आज बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

आर्थिक, समाचार
काठमाडौं, (ससं) । साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य बृद्धि भएको छ । सोमबार सुनको मुल्य प्रति तोला ४ सय रुपैयाँले बढेको हो । आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबार ४ सय रुपैयाँले बढेर ८८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ८ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने सोमबार ८८ हजार २ सय ५० कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय २५ रुपैयाँ थियो भने सोमबार ५ रुपैयाँ बढेर १३ सय २५ रुपैयाँ कायम भएको छ ।...
चाँडै इण्टरनेटको मूल्य घटाउँदै सरकार

चाँडै इण्टरनेटको मूल्य घटाउँदै सरकार

आर्थिक, प्रमुख समाचार, ब्यानर
काठमाडौं, (ससं) । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले इण्टरनेटको मूल्य घटाउने सम्बन्धमा अध्ययन गरिरहेको र निकट भविष्यमै त्यसको कार्यान्वयन गरिने बताएका छन्। शनिबार (हिजो) काठमाडौंमा आयोजित क्यान महासंघको २७औं साधारणसभामा बोल्दै उनले इण्टरनेटको मूल्य कम गराउने विषयमा सरकारको प्रतिवद्धता व्यक्त गरेका हुन्। इकमर्श, इएजुकेशन, इहेल्थ लगायत सबैको विकासका लागि डिजिटल नेपाल फ्रेमवर्क ल्याइएको बताउँदै उनले त्यसको प्रभावकारी कार्यान्वयनले देश विकासको नयाँ खाका कोर्ने धारणा राखेका छन् । गाउँपालिकाका आफ्नै मोबाइल एप र वेबसाइट छन्, सरकार यस क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ। मन्त्री गुरुङका अनुसार आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य, समय वचततथा सेवाग्राही तथा आमजनतालाई सुविधा दिनका लागि पनि डिजिटल विकासको विकल्प छैन। दूरसञ्चार सेवालाई प्रभावकारी बनाउने, गुणस्तरीय ...