Saturday, February 27Nepal News Portal
Shadow

पयर्टन

रकम हिनामिना गरेकाे भन्ने भ्रमको पछि नलाग्न टानका अध्यक्ष सुवेदीको आग्रह

रकम हिनामिना गरेकाे भन्ने भ्रमको पछि नलाग्न टानका अध्यक्ष सुवेदीको आग्रह

पयर्टन, ब्यानर, समाचार
काठमाडौं, २५ कार्तिक (ससं) । टानका अध्यक्षले संस्था नवीकरणको रकम हिनामिना गरेको’ भन्ने आशयले सामाजिक सञ्जालमा फैलिएको हल्लाप्रति टानले आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै टानका अध्यक्ष खुम बहादुर सुवेदीले पूर्वाग्रहले प्रेरित भई आफूमाथि लगाइएका ‘कपोकल्पीत आरोप’ प्रति गम्भीर आपत्ति जनाएका हुन् । सोमबार सामाजिक सञ्जालमा टान अध्यक्ष सुवेदीले संस्था नवीकरणको ५ लाख रुपैयाँ हिनामिना गरेको आरोप सहित हल्ला फैलिएको थियो । आफूलाई बदनाम गर्ने हेतुले फैलाइएको सुनियोजित हल्ला पूर्ण रूपमा निराधार रहेको अध्यक्ष सुवेदीले स्पष्ट पारेका छन् । ‘यस संघमा मेरो यात्रा लामो रहदै आएको छ र भविश्यमा पनि संघको सदस्यको हैसियतले सङ्घको भलो चिताएर निष्ठापूर्वक कार्य गर्ने नै छु,’ विज्ञप्तिमा अध्यक्ष सुवेदीले भनेका छन्, ‘बिगतमा कार्यसमितिको सदस्य, कोषाध्यक्ष र वरिष्ठ उपाध्यक्षको पदिय जिम्बेवारी पुरा ग...
बहराइनका राजकुमारको टोली मनास्लुको चुचुरोमा

बहराइनका राजकुमारको टोली मनास्लुको चुचुरोमा

पयर्टन, समाचार
काठमाडौं, २९ असोज (ससं) । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् । बिहीबार बिहान ६ बजेर १० मिनेटमा राजकुमार खलिफा शिखरमा पुगेका थिए । मनास्लु आरोहणका लागि राजकुमारसहितको टोली बुधबार आधारशिविर पुगेको थियो । आरोहण दलमा सुरक्षा टोली र नेपाल तथा हल्यान्डका आरोहण गाइडसहित ५० जनाभन्दा बढी सहभागी रहेको सेभेन समिट ट्रेक्सले जनाएको छ । सन् २०२० यता नेपालमा आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण भएको यो पहिलो पटक हो । यसअघि असोज १७ गते राजकुमारको टोलीले सोलुखुम्बुको लोबुचे हिमाल आरोहण गरेको थियो ।...
कोरोनाले प्रभावित पर्यटन पुनरउत्थानका लागि साँस्कृतिक पर्यटनमा जोड

कोरोनाले प्रभावित पर्यटन पुनरउत्थानका लागि साँस्कृतिक पर्यटनमा जोड

पयर्टन, प्रमुख समाचार, ब्यानर
काठमाडौं, २२ असोज (ससं) । कोभिड १९ का कारणले सर्वत्र परेको असरबाट पर्यटन क्षेत्रपनि अछुतो नभएको विज्ञले बताएका छन् । सभा नेपालले आयोजना गरेको कोभिड १९ले सास्कृतिक पर्यटनमा पारेको प्रभाव र भावी अवस्था विषयक भर्चुअल कार्यक्रमा आफ्नो धारणा राख्दै ललितपुर महानगरपालिकाका पर्यटन सल्लाहकार दिलेन्द्र राज श्रेष्ठले पर्यटनको परिभाषा र घुम घामको शैली समयसगैँ परिवर्तन हुने बताउनुभयो । पर्यटन प्रवद्धन गर्न अहिलेको अवस्थामा भौतिक रुपमा घुम घाम मात्र नभई व्यक्तिले आ आफ्नो क्षेत्रको पर्यटकिय स्थलका बारेमा विभिन्न माध्यमबाट जानकारी गराउदा पनि क्षेत्रलाई सहयोग पुग्ने बताउनुभयो । लकडाउनपश्चात नेपालमा भएका प्राकृतिक तथा सास्कृतिक सम्पदाको प्रचार प्रसारमा समय तथा सोच खर्चन आवश्यक रहेको छ । यू एन ह्याविट्याटका प्रमुख पद्यम सुन्दर जोशीले काठमाडौ उपत्यकाको सांस्कृतिक सम्पदामा आधारित रहेर पर्यटनको विकास गर्...
बाजेको सेकुवामा कस्मोपोलिटियन सेफ कुमार चालिसेको प्रवेश

बाजेको सेकुवामा कस्मोपोलिटियन सेफ कुमार चालिसेको प्रवेश

आर्थिक, पयर्टन, समाचार
काठमाडौं, १८ असोज (ससं) । बाजेको सेकुवामा “प्रथम नेपाली कस्मोपोलिटियन सेफ अवार्ड”बाट सम्मानित कुमार चालिसे आवद्ध भएका छन् । २२ वर्षदेखि खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रुपमा योगदान पु¥याउँदै आएका चालिसे असोज १५ गतेदेखि बाजेको सेकुवामा आवद्ध भएका हुन् । बाजेको सेकुवालाई प्रतिनिधित्व गर्दै सन् २०१३ मा मकाउमा आयोजित खाना महोत्सवमा सेफ चालिसे “उत्कृष्ट प्रदर्शन अवार्ड”बाट सम्मानित भएका थिए । नेपालमा पनि उनि सन् २०१७ मा “उत्कृष्ट सेफ अवार्ड”बाट सम्मानित भएका थिए । मौलिक नेपाली खानालाई विश्वसामु परिचित गराउने लक्ष्यसहित उनले जापान, मलेसिया, बर्मा, सिंगापुर, हङ्कङ, इरान, पाकिस्तान, दुवइ, कतार, मकाउ, रसिया, बेलायत, स्विजरल्यान्ड, जर्मनी, फ्रान्स, स्पेन आदिको भ्रमणसमेत गरेका छन् । उनले अष्ट्रेलिया तथा स्विजरल्यान्डबाट खाना बनाउँने तथा आतिथ्य सत्कारसम्बन्धी तालिमहरु पनि लिएका छन् । विगतमा पनि...
बहराइनका राजकुमारसहितको टोलीले लोबुचेको चुचुरो चुम्यो

बहराइनका राजकुमारसहितको टोलीले लोबुचेको चुचुरो चुम्यो

पयर्टन, ब्यानर, समाचार
काठमाडौं, १७ असोज (ससं) । बहराइनका राजकुमार सहितको टोलीले लोबुचे हिमालको सफल आरोहण गरेको छ । आरोहणको व्यवस्थापनको जिम्मामा रहेको सेभेन समिट ट्रेकका अनुसार शनिबार बिहान ८ः५० बजे टोली चुचुरोमा पुगेको हो । लोबुचेको उचाई ६ हजार ११९ मिटर रहेको छ । हिमाल आरोहण गर्न बहराइनका राजकुमार सहितको टोली भदौ ३१ गते काठमाडौं आईपुगेको थियो । टोलीमा १५ जना बहराइन र ३ जना बेलायतका नागरिक छन् । लोबुचे आरोहण दलमा राजकुमार खलिफाका साथमा माउन्टेन गाइड मिंमा शेर्पा, टासीलाक्पा शेर्पासहित २५ जनाको टोली रहेको सेभेन समिटले जनाएको छ। कोरोनाको महामारीका कारण यो नै २०२० को पहिलो आरोहण बनेको हो।...
रहेनन् ‘हिम चितुवा

रहेनन् ‘हिम चितुवा

पयर्टन, प्रमुख समाचार
काठमाडौं, ५ असोज (सस) । हिमाल आरोही आङरिता शेर्पाको सोमबार निधन भएको छ। उनको आज (सोमबार) बिहान १० बजे उनकै निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले बताए । ७२ बर्ष को उमेरमा उनको निधन भएको हो। बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन्।...
जनकपुरमा आइपुग्यो नेपालको रेल

जनकपुरमा आइपुग्यो नेपालको रेल

आर्थिक, पयर्टन, ब्यानर
काठमाडौं, २ असोज (सस) । नेपाल रेलवे कम्पनीले भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास ३४ किमी खण्डमा सञ्चालन हुने रेल जनकपुर आइपुगेको छ । नेपाल सरकारले चेन्नईको कोंकर्ण रेल्वे कर्पोरेसनसँग किनेको दुई वटा रेल नेपाल ल्याइएको हो । अघिल्लो वर्ष माघमा आउनुपर्ने रेल कोभिड१९ ले असोजसम्म सरेको हो । कोभिड१९ का कारण भारतमा लकडाउनले रेल सेवा लामो समय बन्द रहेको थियो । आज यो रेलको परीक्षण गरिने कार्यक्रम छ। दशैंअगाडि नै नियमित रुपमा सञ्चालनका लागि भारतसँग छलफल गरी मोडालिटी तय गर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको सहयोगको ६९ किमी लामो जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको पहिलो खण्ड जयनगर–जनकपुरमा रेल सञ्चालन गरिन लागेको हो। सन् २०१० मा भारत सरकारले यो रेलमार्गको ब्रोडगेज पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्दता जनाएको थियो। जनकपुरदेखि महोत्तरीको बिजलपुरासम्मको खण्डमा भने पूर्वाधार निर्मा...