Friday, March 5Nepal News Portal
Shadow

ब्यानर

प्रधानमन्त्री ओलीले भने : ‘उहाँले एउटा कदमबाट नेपाली जनताको मन धेरै जित्नु भएको छ’

प्रधानमन्त्री ओलीले भने : ‘उहाँले एउटा कदमबाट नेपाली जनताको मन धेरै जित्नु भएको छ’

प्रमुख समाचार, ब्यानर, राजनीति
काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिमा आउने नेत्रविक्रम चन्दको कदमले जनताको मन जितेको दाबी गरेका छन् । राष्ट्रिय सभा गृहमा शुक्रबार (आज) आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चन्दले सेफ ल्यान्डि गरेको पनि बताएका छन् । ‘उहाँले एउटा कदमबाट नेपाली जनताको मन धेरै जित्नु भएको छ, ओलीले भने । जोसुकैले एउटा कार्यदिशा, बाटो समातेर हिँडिरहेको ठाउँमा कार्यकर्तालाई मोड्न सक्दैन । तर उहाँ त्यसमा सफलतापूर्वक यो फोर्स ल्यान्डिङ पनि होइन, क्र्यास ल्यान्डिङ पनि होइन, सेफ ल्यान्डिङ हो ।’ सेफ ल्यान्डिङ् भयो। उहाँले त्यो योगदान गर्नुभएको छ,’ ओलीले भने । चन्दले साहसिक कदम चालेको भन्दै प्रधानमन्त्री ओलीले अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको समेत बताएका छन् । ‘जुन साहसिक कदम चाल्नु भएको छ, ऐतिहासिक कदम चाल्नु भएको छ । त्यसको लागि धन्यवाद । नेपाली जनताले...
सरकार र ‘विप्लव’ नेकपाबीच भएको तीन बुँदे सहमति यस्तो छ

सरकार र ‘विप्लव’ नेकपाबीच भएको तीन बुँदे सहमति यस्तो छ

प्रमुख समाचार, ब्यानर
काठमाडौं, (ससं) । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच बिहीबार भएको तीन बुँदे सहमति सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले सहमति पत्र पढेर सुनाएका थिए। सहमतिपत्रमा सरकारको पक्षबाट गृहमन्त्री रामबहादुर थापा 'बादल' र 'विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन्। यी हुन् सहमति पत्रका ३ बुँदा १. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं । २. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ । ३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्प...
पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि

प्रमुख समाचार, ब्यानर, स्वास्थ्य
काठमाडौं, (ससं) । देशभर पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२० जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ। पछिल्लो २४ घन्टामा ८३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ७६६ पुगेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।...
प्रचण्ड संसदीय दलको नेता चयन

प्रचण्ड संसदीय दलको नेता चयन

प्रमुख समाचार, ब्यानर, राजनीति
काठमाडौ, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संसदीय दलको नेता चयन भएका छन् । शुक्रबार बानेश्वरमा बसेको प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठकबाट प्रचण्डलाई दलको नेतामा चयन गरिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिएका हुन् । पुस ९ गते संसदीय दलको नेता चयन गरिएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको अवधिलाई शून्य समय मानेकाले आजको बैठकले फेरि उहाँलाई संसदीय दलको नेता चयन गरिएको हो उनले भने । नेकपा प्रचण्ड(नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे बिहीबार संघीय संसद् सचिवालयलाई जानकारी गराएको थियो । नेकपाका वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा दाहाल र नेपालले आधिकारिक पार्टी आफूहरू रहेको बताएका छन् ।...
प्रधानमन्त्री ओली र नेकपा विप्लव एकै मञ्‍चमा

प्रधानमन्त्री ओली र नेकपा विप्लव एकै मञ्‍चमा

प्रमुख समाचार, ब्यानर, राजनीति
काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सरकारबीच बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) राष्ट्रिय सभा गृहमा पुगेका छन् । शुक्रबार (आज) राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओली र नेकपाका महासचिव चन्दले सहमतिपत्रमा हस्ताक्षर गर्दैछन् । विप्लव समूह नेतृत्वको नेकपामाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध सरकारले बिहीबार फुकुवा गरेको थियो । हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने चन्द समूहको लिखित प्रतिबद्धता र थुनामा रहेका नेता–कार्यकर्ता रिहाइ तथा उनीहरूमाथि लागेका ‘राजनीतिक मुद्दा’ फिर्ता गर्न सरकार सहमत भएपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो । सरकारी वार्ता टोली र चन्द समूहको वार्ता टोलीबीच भएको सहमति बिहीबार साँझ मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । सरकारले २०७५ फाग...
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

प्रमुख समाचार, ब्यानर, समाज
काठमाडौं, (ससं) ।  मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्युओसी) पुरस्कार पाउने भएकी छिन् । नेपालका लागि अमेरिकी दूतावास र्‍यान्डी बेरीले सामाजिक सञ्जाल मार्फत उक्त जानकरी दिएका हुन् । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने दूतावासले जनाएको छ। आइडब्ल्युओसीले पुरस्कार व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणको वकालत तथा नेतृत्व गर्ने महिलाको सम्मान गर्ने बताइएको छ। यसअघि उक्त पुरस्कार पाकिस्तानमा महिला तथा किशोरीका लागि वकालत गर्ने मलाला युसुफजईले पाएकी थिइन् । सन् २०१९ मा मुस्कान तेजाब हमलाको सिकार भएकी थिइन्। उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो। पीडाकै बीच पनि मुस्कानले आफूलाई परेको घटनालाई नेपालमा परिवर्तन ल्याउने एक ...
पछिल्लो २४ घन्टामा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि

प्रमुख समाचार, ब्यानर, स्वास्थ्य
काठमाडौं, (ससं) । देशभर पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ६८३ पुगेको छ। देशभर हालसम्म ७९५ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ५ हजार ५ सय ३६ पीसीआर परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ।...
चन्द समूहमाथिको प्रतिबन्ध हट्यो, शुक्रबार प्रधानमन्त्री ओली र चन्दले एउटै मञ्‍चबाट सम्बोधन गर्ने

चन्द समूहमाथिको प्रतिबन्ध हट्यो, शुक्रबार प्रधानमन्त्री ओली र चन्दले एउटै मञ्‍चबाट सम्बोधन गर्ने

प्रमुख समाचार, ब्यानर, राजनीति
काठमाडौं, (ससं) । सरकार र नेत्रविक्रम चन्द समूहसँग बिहीबार (आज) ३ बुँदे सहमति भएको छ ।हिजो (बुधबार) दुई चरण र आज बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रका सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिष्ट पार्टि (नेकपाका) तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । सहमतिको विस्तृत विवरण भने शुक्रबार (भोली) दिउँसो आयोजना हुने विशेष कार्यक्रममा सार्वजनिक गरिने भएको छ । सहमतिमा चन्द समूहले आफ्ना हिंसात्मक प्रदर्शन रोक्दै शान्तिपूर्ण रुपमा राजनीतिक क्रियाकलापहरू अगाडि बढाउने उल्लेख भएको संयुक्त विज्ञप्तिमा जनाइएको छ । त्यस्तै चन्द समूहमाथि लगाइएको प्रतिबन्ध र उक्त समूहका नेता कार्यकर्ता रिहाइ गर्ने तथा मुद्दा खारेज गर्ने पनि सहमतिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, उक्त सहमतिमा नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजन...
प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये २८० जनाको हस्ताक्षर

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये २८० जनाको हस्ताक्षर

प्रमुख समाचार, ब्यानर, राजनीति
काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा २ सय ८० जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन्। नेकपाका कुल ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये २ सय ८० जनाले हस्ताक्षर गरिसकेका छन् । उक्त समूहका १२ जना केन्द्रीय सदस्य उपत्यका बाहिर रहेकोले भोलि मात्रै हस्ताक्षर गर्ने बताइएको छ। बुधबार (आज) पार्टी कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका हुन्। बैठकले पार्टी अनुशासन विपरितको काम गरेको भन्दै स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई ६ महिनाका लागि पार्टीबाट निलम्बित गरेको छ। बैठकले नेम्वाङलाई तीन दिनभित्र संसदीय दलको उपनेताबाट राजीनामा दिन पनि निर्देशन दिएको छ। यस्तै बैठकले नेम्वाङका साथै शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, निरु पाल, सूर्य थापा, प्रभु शाह र कर्ण थापालाई पार्टी अनु...
प्रचण्ड–नेपाल समूहद्वारा प्रधानमन्त्री ओलीको पुनः राजीनामा माग

प्रचण्ड–नेपाल समूहद्वारा प्रधानमन्त्री ओलीको पुनः राजीनामा माग

प्रमुख समाचार, ब्यानर, राजनीति, समाचार
काठमाडौं, (ससं) । नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहलले प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः राजीनामा माग गरेको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बहुमत केन्द्रीय समिति सदस्य सहभागी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला लगत्तै ओलीले राजीनामा दिनुपर्नेमा अटेर गरिरहेकाले त्यसको निन्दा गर्दै तत्काल संवैंधानिक नैतिककता आधारमा राजीनामा दिनुपर्ने माग गरेको हो। यस्तै आजको बैठकले सरकार गठनसम्बन्धी सम्पूर्ण जिम्मा पार्टीको स्थायी समिति बैठक र केन्द्रीय सचिवालय बैठकलाई दिने निर्णयसमेत गरेको छ। आजको केन्द्रीय कमिटी बैठकले सरकार गठनको तयारीसम्बन्धी सबै जिम्मा स्थायी समिति र केन्द्रीय सचिवालय बैठकलाई दिएको नेता भीम रावलले जानकारी दिए। यस्तै आजको बैठकले पार्टीको आधिकारिकता बारे के भइरहेको भन्ने आयोगमा जानकारी माग्न पत्राचार गर्ने निर्णय गरे...