Saturday, February 27Nepal News Portal
Shadow

मनाेरञ्जन

अञ्जु पन्त र थीर बैवाहिक बन्धनमा बाँधिए, हेर्नुहोस् फोटो

अञ्जु पन्त र थीर बैवाहिक बन्धनमा बाँधिए, हेर्नुहोस् फोटो

मनाेरञ्जन, समाचार
काठमाडौं, (ससं) । गायिका अञ्जु पन्त र प्रेमी थीर कोइराला आज बैवाहिक बन्दनमा बाँधिएका छन् । यो जोडीले एकवर्ष देखिको प्रेमलाई विहेमा परिणत गरेको हो । बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा विहे गरेका हुन् । दुबैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विहे गरेको बताएका छन् । विहेमा सीमित आफन्त मात्र सहभागि रहेको बुझिएको छ । दशक अगाडि अञ्जुको गायक मनोजराजसँग डिभोर्स भएको थियो । उनी छोरी पारितोषिकासँग बस्दै आएकी थिइन् । भ्यालेन्टाइनमा अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए । हेर्नुहोस् फोटोमा ...
नम्रता श्रेष्ठको इस्टाग्रामबाट लिइएका १० सुन्दर फोटाहरु

नम्रता श्रेष्ठको इस्टाग्रामबाट लिइएका १० सुन्दर फोटाहरु

फोटोफिचर, मनाेरञ्जन
नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल र अभिनेत्री हुन् । उनले सानो संसार, मेरो एउटा साथी छ, प्रसाद, क्लासिक, छड्के लगायतका चलचित्रमा अभिनय गरेकी छन् । उनी नेपाली चलचित्र जगतमा आउनु भन्दा पुर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन् । उनको जनमा धरानमा वि.सं. २०४२ सालमा भएको हो । उनका इन्स्टाग्राममा राखिएका १० सुन्दर फोटाहरु हेर्नुहोस्  ...
सेर्लिनको हट अवतार, फोटोमा हेर्नुहोस्

सेर्लिनको हट अवतार, फोटोमा हेर्नुहोस्

मनाेरञ्जन
काठमाडौं, (ससं) । बलिउड अभिनेत्री तथा मोडल सेर्लिन चोपडा फ्यानका लागि आफ्ना सेक्सी फोटो र भिडियो सेयर गर्छिन् । उनी सोसल मिडियामा निकै एक्टिभ अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनका लाखौं फलोअर्स छन् । हालै उनले सेक्सी फोटो र भिडियो इन्स्टाग्राममा सेयर गरेकी छन् । यी फोटो र भिडियोमा शर्लिन सेक्सी अन्दाजमा देखिएकी छन् । यी फोटो र भिडियोमा लाइक र कमेन्टस गर्ने फ्यानको संख्या उल्लेख्य रहेको छ । उनले सेक्सी पोजबाट आफ्नो ‘एप’ को प्रचार पनि गरिरहेकी छन् । उनको सेक्सी अवतार हेर्नुहोस् यी फोटाहरु उनको फ्यान क्लव र इन्स्टाग्रामबाट लिइएको हो । ...
भोलीदेखि पत्रकार रवि लामिछानेको टिमले के गर्ने भयो यस्तो ? रविको घोषणा हेर्नुहोस्

भोलीदेखि पत्रकार रवि लामिछानेको टिमले के गर्ने भयो यस्तो ? रविको घोषणा हेर्नुहोस्

प्रमुख समाचार, मनाेरञ्जन
काठमाडौं, (ससं) । पत्रकार रवि लामिछानेको टिमले फागुन ११ गते (भोलि)देखि नयाँ कामको थालनी गर्ने भएको छ । लामिछानेले एक टुइट गर्दै भोलीबाट नयाँ जोस जाँगरका साथ नयाँ थालनी गर्ने जानकारी दिएका हुन् । उनीसहितको टिम गत माघ ८ गते न्यूज २४ बाट प्रसारण हुने कार्यक्रमबाट विदा भएको थियो । उनीहरुले परिष्कृत कार्यक्रम ल्याउँने प्रतिवद्धता पनि जनाएका थिए । यही अनुरुप करिव एक महिना देशभरी नै टिम विस्तारमा जुटेको थियो । उनीहरु ग्यालेक्सी टेलिभिजन सञ्चालनमा जुटेको बुझिएको छ । भोली ११ः४५ बजे उक्त टेलिभिजनको उद्घाटन हुने अपेक्षा गरिएको छ । लामिछानेले पनि भोली ११ः४५ बजे विभिन्न माध्यमबाट नयाँ कामको जानकारी गराउँने बताएका छन् । https://twitter.com/hamrorabi/status/1363833540601737219...
सार्वजनिक भयो म्यूजिक भिडियो ‘टुना मुना’

सार्वजनिक भयो म्यूजिक भिडियो ‘टुना मुना’

मनाेरञ्जन, समाचार
काठमाडौं, (ससं) । गायक वाशुदेब केसीको नयाँ म्यूजिक भिडियो ‘टुना मुना’ सार्वजनिक भएको छ । गीतमा गायक केसीलाई गायिका बिद्या तिवारीले स्वरमा साथ दिएकी छिन् । हरि लम्सालको शब्द तथा संगीत रहेको गीतको भिडियोमा मोडल जेविका कार्की र राजिव थापाको अभिनय देख्न सकिन्छ । मिलन एक्स तामाङ र मण्दीप बखुंछेले छायांँकन रहेको भिडियो मण्दीप बखुंछेले निर्देशन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर करेक्शन रहेको छ ।...
सार्वजनिक भयो शिशिर योगीको स्वरमा रहेको नयाँ गीत ‘जनताले सधैं दुःख पाए’

सार्वजनिक भयो शिशिर योगीको स्वरमा रहेको नयाँ गीत ‘जनताले सधैं दुःख पाए’

प्रमुख समाचार, मनाेरञ्जन
काठमाडौं, (ससं) । भूपेन्द्र खत्रीको शब्द संगीत तथा शिशिर योगीको स्वरमा ‘जो आए नि जनताले सधैं दुःख पाए’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोको निर्देशन अन्तरिक्ष अधिकारीले गरेका हुन् । विश्व नेपाल सञ्चारको युट्युब च्यानलबाट अपलोड गरिएको यस म्युजिक भिडियो इतिहासदेखि वर्तमानसम्मको नेपालको बिडम्बनापूर्ण राजनीतिक यर्थाथलाई उतारिएको छ । किरण कडेलले म्युजिक एरेन्ज गरेको यस गीतको भिडियोमा गायक योगीसँगै विष्णु पराजुली, विरेन्द्र बस्नेत, प्रदीप ढुंगाना, भेग पहारी, पार्थ तिमल्सिनालगायत कलाकारले अभिनय गरेका छन् । यस गीतको रेकर्डिङ तथा मिक्सिङ शम्भू तन्डुकारले गरेका छन् भने हेमन्त कान्छाले सारङ्गी रेटेका छन् । केशव अधिकारीले छायाँकन गरेको भिडियोलाई गोपाल कडेंलले सम्पादन गरेका छन् ।...
प्रमोद खरेलको स्वरमा रहेको ‘ओई माया’ गीतको भिडियो सार्वजनिक

प्रमोद खरेलको स्वरमा रहेको ‘ओई माया’ गीतको भिडियो सार्वजनिक

मनाेरञ्जन
काठमाडौं, (ससं) । सम्पादक एवम् निर्देशक अनिल सम्राटको निर्देशनमा गायक प्रमोद खरेलको स्वरमा रहेको रोमान्टिक गीत ‘ओई माया’को भिडियो सार्वजनिक भएको छ । एस सिने प्रोडक्शन हाउस युट्युव च्यानलबाट सोमबार (हिजो) गीतको भिडियो सार्वजनिक भएको हो । गीत रबिलाल पाण्डेले लेखेका हुन् भने विजय बिमुनको संगीत र सरोज लामाको संगीत संयोजन रहेको ‘ओई माया’मा गायक प्रमोद खरेलले स्वर दिएका छन् ।गीतको भिडियोमा सिद्धान्त पौडेल र सिर्जना घिमिरेको अभिनय रहेको छ । हरि बहादुर लामाको छायाँकन र कविता थामीको नृत्य निर्देशन रहेको भिडियोको सम्पादन भने कमल एक्चै मगरले गरेका हुन् ।...
नेपालका घुम्नैपर्ने २० ठाउँ, तपाई कहाँ-कहाँ पुग्नुभयो त?

नेपालका घुम्नैपर्ने २० ठाउँ, तपाई कहाँ-कहाँ पुग्नुभयो त?

प्रमुख समाचार, मनाेरञ्जन, समाचार
काठमाडौं, (ससं) । नेपाल प्रकृतिक रुपमा सुन्दर देश हो । यहाँ विभिन्न प्रजातिका चराचुरुगीं, लालिगुँरास, हिमशृखंला पाईन्छन् । नेपालमा भएका अनुपम दृश्य अवलोकन गर्न विभिन्न देशबाट आउँने गर्दछन् । नेपालमा घुम्नैपर्ने त्यस्ता ठाउँ छन् जुन ठाउँमा तपाई अझै पुग्न पाउँनु भएको छैन । यदि घुम्ने सोच गर्दै हुनुहुन्छ भने यी ठाउँ अबस्य घुम्नु होला, कन्याम, इलाम कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो। यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ । मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। झापा, मोरङ्ग, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो सङ्ख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज गर्न आउँछन् । कन्याम बाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुकासाथै सगरमाथा, कुम्भकर्ण जस्ता विश्वमै ख्याती प्राप्त हिमा...

अभिनेत्री रोशनी निर्देशक बनिन्

मनाेरञ्जन, समाचार
काठमाडौं, पुस २६ (ससं) ।अभिनेत्री रोशनी केसी निर्देशक बनेकी छन् । देश प्रेमको भावनाले ओतप्रोत गीत ‘त्यहिँ सच्चा नेपाली’को म्युजिक भिडियो मार्फत उनले निर्देशनमा डेब्यु गरेकी हुन् । जसको छायाँकन केही दिन पहिले सकिएको थियो । फिल्म ‘यात्रा’का निर्माता चिजकुमार श्रेष्ठको निर्माण रहेको गीतको भिडियोमा संस्कृतविद्ध सत्यमोहन जोशी, कलाकार नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दीलिप रायमाझी, गायिका देविका बन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाललगायत ३० बढी चर्चित अनुहारको अभिनय समेटिएको छ । देविका बन्दना र राजन ईशानको स्वर रहेको गीतमा आनन्द अ...
‘भ्वाइस अफ नेपालको सिजन-३’ बाट आस्था आउट

‘भ्वाइस अफ नेपालको सिजन-३’ बाट आस्था आउट

मनाेरञ्जन, समाचार
काठमाडौं, पुस २४ (ससं) । धेरै हल्लाखल्लाका साथ सुरु भएको ‘द भ्वाइस अफ नेपाल’ले खुब चर्चा पनि कमायो। कान्तिपुर टेलिभिजनबाट प्रसारित ‘रियालिटी शो’ले धेरै प्रतिभालाई अवसर पनि दियो। जब सिजन-२ को घोषणा भयो, एकाएक यो शो विवादमा तानियो। ‘सरप्राइज’सहित घोषणा भएको सिजन-२ मा नयाँ कोचका रुपमा राजु लामा र आस्था राउत ‘इन’ भए, पुराना कोच सनुप पौडेल र अभया सुब्बा बाहिरिए। बाँकी दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेल यथावत् रहे। कान्तिपुर टेलिभिजनबाट हिमालयन टेलिभिजनमा सरेको शो पटक पटक बिवादमा आइरहन्छ। अहिले सिजन ३ को तयारी भइरहँदा पनि सो विवादमा तानिएको छ । अहिले सोबाट आस्था राउत आउट भएकी छन् । सिजन २ चलिरहँदा “म भ्वाइसको कोच हुँ, त डण्ठे” भनेर प्रहरीलाई गरेको गाली खुब भाइरल भएको थियो । त्यतिबेला नै उनलाई निकाल्ने गाइगुई हल्ला चलेको थियो । अहिले मेलिना राई इन भएकी छिन् । आस्थालाई निकालेर मेलिनालाई...