Monday, March 8Nepal News Portal
Shadow

राजनीति

प्रचण्ड र माधब नेपाल अलगिने

प्रचण्ड र माधब नेपाल अलगिने

ब्यानर, राजनीति, समाचार
काठमाडौं, (ससं) । प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ। आज पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए। पत्रकारलाई छोटकरीमा जानकारी दिएपछि ‘फेरि भेटौंला’ भन्दै उनी बाहिरिए। यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ। त्यसपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज भएको हो। अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ । यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए। एक केन्द्रीय सदस्यका अनुसार एमालेमै रहेर पनि ओलीसँग लड्न नेपाल समूह सक्षम रहेको छ। केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा ९एमाले०का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४०...
बादल समूहले पद छाड्ने तर ओलीको साथ नछाड्न

बादल समूहले पद छाड्ने तर ओलीको साथ नछाड्न

प्रमुख समाचार, राजनीति
काठमाडौं, (ससं) । सर्वोच्च अदालतको फैसलासँगै नेकपा माओवादी केन्द्रमा परिणत भएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरू पुनःस्थापित नेकपा एमालेमा सामेल हुने भएका छन् । अदालतको फैसला आएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बादल, टोपवहादुर रायमाझी, लेखराज भट्ट, मणी थापा, गौरीशंकर चौधरी, दावा तामाङलगायतका मन्त्री र नेताहरूसँग आइतवार साँझ बालुवाटारमा छलफल गरेका थिए । अर्थमन्त्री विष्णु पौडेल, मुख्य सल्लाहकार विष्णु रिमाललगायतका नेताहरूसमेत छलफलमा सहभागी थिए । प्रधानमन्त्रीले अदालतको फैसला यस्तो आएको भन्दै ‘अब तपाईंहरु के भन्नुहुन्छ ? म तपाईंहरूलाई जे अनुकुल हुन्छ त्यही वातावरण बनाइदिन्छु’ भनेका थिए । जवाफमा सबैजनाले आफूहरू मन्त्री पदका लागि ओली पक्षमा नलागेको भन्दै विचार,सिद्धान्त र कम्युनिष्‍ट आन्दोलन अघि बढाउने सवाल भएकाले प्रचण्डसँग जान नसकिने बताएको स्रोतले जानकारी दियो । ...
मेरो पार्टी त अदालतले भनिदियो : प्रधानमन्त्री ओली

मेरो पार्टी त अदालतले भनिदियो : प्रधानमन्त्री ओली

ब्यानर, राजनीति, समाचार
काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको भनेर सर्वोच्च अदालतले भनिदिएको बताएका छन्। महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘म हिजो बोलिनँ उहाँहरूले प्रधानमन्त्रीको कुन पार्टी होरु भनेर सोध्नुभयो। मैले उहाँहरूलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको ? भनेर।’ प्रचण्ड–माधव पक्षलाई लक्षित गर्दै उनले आफूलाई नेकपाको साधारण सदस्यबाट पनि हटाइदिएको बताए। ‘उहाँहरूले मलाई नेकपाको साधारण सदस्यबाट पनि हटाइदिनुभएछ। म कुन पार्टीको भनेर अदालतले भनिदियो, उहाँहरू अदालतको निर्णय पनि मान्नुहुन्न’ उनले भने, ‘प्रधानमन्त्री कुन पार्टीको हो, सर्वोच्च अदालतमा सोध्न जाऊ।’ ​ कार्यक्रममा प्रधानमन्त्री ओलीले ​पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका मान्छेहरूले लडाइँ गरेर समस्या खडा गरिरहेको बताए। ‘यतिबेला देश चुनावमा गइसक्थ्यो। त्यसपछि राम्रो सरकार बन्थ्यो...
‘हामी ५० प्रतिशत बढी रहेका महिलाले ५० प्रतिशतभन्दा बढी सबै क्षेत्रमा अवसर पाउनुपर्दछ’: नेतृ पम्फा भुसाल

‘हामी ५० प्रतिशत बढी रहेका महिलाले ५० प्रतिशतभन्दा बढी सबै क्षेत्रमा अवसर पाउनुपर्दछ’: नेतृ पम्फा भुसाल

प्रमुख समाचार, ब्यानर, राजनीति
काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताएकी छिन् । आज (सोमबार) १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवरमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशतभन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने बताएकी हुन् । संविधानत्: महिलाहरुले धेरै अधिकार पाएको भए पनि कार्यान्वयनको चुनौती रहेको भन्दै उनले त्यसको कार्यान्वयन हुनुपर्नेमा समेत जाड दिएकी छिन् । उनले भनिन्, ‘हामी ५० प्रतिशत बढी रहेका महिलाले ५० प्रतिशतभन्दा बढी सबै क्षेत्रमा अवसर अवसर पाउनुपर्दछ । त्यसैले एकातिर पाएका अधिकारको कार्यान्वयन हो भने नपाएका अधिकारको निम्ति यो आन्दोलनलाई निरन्तरता दिने क...
चन्द्र भण्डारीले भने: महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ

चन्द्र भण्डारीले भने: महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ

प्रमुख समाचार, राजनीति
काठमाडौं, (ससं) । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन्। सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले अब महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताएका हुन्। उनले महाधिवेशन अब सर्न नसक्ने भन्दै पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्नेमा जोड दिए। उनले भने, ‘नेपाली कांग्रेस विधिअनुसार अगाडि बढ्नुपर्छ।’ फरक प्रसंगमा उनले प्रतिपक्षले अप्ठ्यारोमा परेका समयमा देशको नेतृत्व गर्नुपर्नेमा जोड दिए। पार्टीभित्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने महसुस हुन सक्ने तर, देशलाई अप्ठ्यारो परेका बेलामा निकास दिनुपर्ने उनको भनाइ थियो। सर्वोच्च अदालतले आइतबार गरेको फैसलाको प्रसंगमा उनले अदालतले गरेको फैसला विधिको विजय भएको टिप्पणी गरे। रासस...
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सर्‍यो

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सर्‍यो

ब्यानर, राजनीति, समाचार
काठमाडौं, (ससं) । साविकको नेकपा प्रचण्ड–नेपाल समूहले बोलाएको स्थायी कमिटी बैठक सरेको छ । सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कानुनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको बताइएको छ । सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न दाहाल–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको हो । अदालतको फैसलालगत्तै यो समूहका शीर्ष नेताले कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए । अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय स्थायी कमिटी बैठकबाट हुने पनि प्रवक्ता श्रेष्ठले बताएका छन् ।...
प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आज बस्दै

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आज बस्दै

प्रमुख समाचार, राजनीति
काठमाडौं, (ससं) । नेकपा पार्टीलाई नै सर्वोच्च अदालतले मान्यता दिन अस्वीकार गरेपछि छलफलका लागि प्रचण्ड(माधव पक्षका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । उक्त गुटका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सर्वोच्च अदालतको पछिल्लो फैसला बारे छलफल गर्न बैठक बिहान ११ बजे बोलाइएको हो। ‘सर्वोच्च अदालतको एउटा इजलासले आज हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बारेमा गरेको फैसला , त्यसको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको बैठकबाट निर्णय लिइनेछ’ बैठकबारे उनले भने। सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिएपछि सत्ताधारी नेकपाको एकीकरण संकटमा परेको छ। अदालतले साविककै एमाले र माओवादी केन्द्र ब्युँतिने फैसलामा उल्लेख गरेको छ ।...
सरकारको समर्थन फिर्ता लिन्छौं : जनार्दन शर्मा

सरकारको समर्थन फिर्ता लिन्छौं : जनार्दन शर्मा

प्रमुख समाचार, राजनीति
काठमाडौं, (ससं) । सर्वोच्च अदालतले पार्टी एकता नै बदर गरेपछि तत्कालीन माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । एमालेसँग पार्टी एकताको पहल गर्नेमध्येका एक जनार्दन शर्मा ‘प्रभाकर’ले सरकारको समर्थन फिर्ता लिने बताएका छन् । अन्य नेताहरुले पनि सरकारको समर्थन फिर्ता लिने बताएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता नहुँदै ओली प्रधानमन्त्री बनेका थिए । संयुक्त गठबन्धन बनाएर चुनाव लडेकाले माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई समर्थन गरेको थियो । एमाले र माओवादी केन्द्र एकीकरण भएपछि २०७५ जेठ ३ गते नेकपा गठन भएको थियो । तर निर्वाचन आयोगमा ऋषि कट्टेल नेतृत्वमा पहिल्यै नेकपा दर्ता भएकाले कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमा आइतबार फैसला सुनाउँदै सर्वोच्चले एमाले र माओवादीको एकतापछि बनेको नेकपा खारेज गर्दै कट्टेल...
एमाले र माओवादी केन्द्र अस्तित्वमा

एमाले र माओवादी केन्द्र अस्तित्वमा

ब्यानर, राजनीति, समाचार
काठमाडौं, (ससं) । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अस्तित्व कायम रहने भनी फैसला गरेको छ । राजनीतिक विषयवस्तुमा प्रवेश गरी अदालतले गरेको यो फैसलासँग हाल सत्ताबाहिर रहेका एमाले पृष्ठभूमिका नेकपाका नेताहरु एमालेका सांसदको रुपमा रहनेछन् भने हाल सत्तारुढ खेमामा रहेका माओवादी केन्द्रका सांसदहरु माओवादी केन्द्रको सांसदको रुपमा रहनेछन् । सर्वोच्च अदालतको यो फैसलाले हालको राजनीतिक परिस्थितिलाई थप जटिल बनाएको छ । सर्वोच्चले दुई दल मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी९नेकपा०को नाम दर्ता गर्ने निर्णय बदर भएपछि निर्वाचन आयोगमा नेकपा एमाले र माओवादी केन्द्र भनी फरक–फरक रुपमा रहेका दलहरुको अस्तित्व ब्युँझिएको भन्दै एकीकरण गर्ने भए यथाशीघ्र निर्णय गर्नु भनी आदेश गरेको हो ।...
अदालतको फैसला हुने वित्तिकै प्रचण्ड–माधव समूह आकस्मिक छलफलतिर

अदालतको फैसला हुने वित्तिकै प्रचण्ड–माधव समूह आकस्मिक छलफलतिर

राजनीति
काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई सर्वोच्च अदालतले दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलतिर लागेका छन् । सिंहदरबारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ । यसबारे निर्णय लिन यो समूहका नेताहरु आकस्मिक छलफलमा जुटेका हुन् ।...