
लोक सेवाले खुलायो पाँच सय पदमा आवेदन
काठमाडौं, (सस) । लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवामा पाँचौं तहका लागि पाँच सय भन्दा बढि पदमा आवेदन मागेको छ।
बुधबार (आज) गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशी प्रतियोगितामार्फत् परीक्षाका लागि इच्छुकहरूबाट आवेदन माग गरेको हो।
दरखास्त अनलाइनबाट पनि भर्न सकिने छ ।
आयोगले सब-ईञ्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेन्जरलगायत पदमा आवेदन खुला भएको हो।...