Tuesday, March 2Nepal News Portal
Shadow

विश्व

अफगानिस्तानको जलालाबादमा तीन महिला सञ्चारकर्मीको हत्या

अफगानिस्तानको जलालाबादमा तीन महिला सञ्चारकर्मीको हत्या

प्रमुख समाचार, विश्व
काठमाडौं, (ससं) । पूर्वी अफगानिस्तानको जलालाबादमा मंगलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई गोली हानी हत्या गरेका छन्। एनिकास टिभीका निर्देशक जलमाई लतीफीका अनुसार कार्यालयबाट पैदल घर जाँदै गरेका सञ्चार कर्मचारीहरूलाई गोली हानी हत्या गरिएको हो। टेलिभिजन स्टेशनका एक अर्का कर्मचारीले पनि आक्रमणको पुष्टि गरेपनि यसबारे विस्तृत समाचार आइनसकेको बताए। अहिले सुरक्षाकर्मीले घटनास्थललाई घेरा हाली आक्रमणकारीको खोजी गरिरहेको प्रहरीले जनाएको छ।...
भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरूद्धको खोप

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरूद्धको खोप

प्रमुख समाचार, विश्व, समाचार
काठमाडौं, (ससं) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोरोना भाइरसविरूद्धको खोप लगाएका छन् । भारतमा दोस्रो चरणको खोप अभियान सुरू भएकै दिन मोदीले पनि आज खोप लगाएको न्यूज अफ इन्डियाले जनाएको छ । मोदीले भारतमै बनेको खोप लगाएको तस्वीर ट्वीटरमा सार्वजनिक गर्दै लेखेका छन्,’यो उल्लेखनीय छ कि हाम्रा डाक्टर र वैज्ञानिकहरुले कोभिड–१९ विरुद्धको लडाइँ जित्‍नका लागि तीव्र गतिमा काम गरेका छन् ।’ https://twitter.com/narendramodi/status/1366200664402006016...
गत २४ घण्टामा भारतमा १७ हजार ३४६ जनामा कोरोना संक्रमण पुष्टि, ११७ जनाको मृत्यु

गत २४ घण्टामा भारतमा १७ हजार ३४६ जनामा कोरोना संक्रमण पुष्टि, ११७ जनाको मृत्यु

प्रमुख समाचार, विश्व, स्वास्थ्य
फाइल तस्वीर काठमाडौं, (ससं) । भारतमा १ करोड १० लाख ९६ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा पछिल्लो २४ घण्टामा १७ हजार ३४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १० लाख ९६ हजार ४४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ८७ पुगेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा १ करोड ७ लाख ७३ हजार २७५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ६६ हजार ७८ रहेको छ ।...
जोन्सन एण्ड जोन्सनको कोरोना भ्याक्सिन एक डोज लगाए पुग्ने, पूरा गर्यो मापदण्ड

जोन्सन एण्ड जोन्सनको कोरोना भ्याक्सिन एक डोज लगाए पुग्ने, पूरा गर्यो मापदण्ड

प्रमुख समाचार, ब्यानर, विश्व
काठमाडौं, (ससं) । एकै डोज लगाए पुग्ने कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन कम्पनीले बनाएको भ्याक्सिनले प्रयोगका लागि मापदण्ड पूरा गरेको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडिएले यसको जानकारी सार्वजनिक गरेको हो। बुधबार सार्वजनिक गरेको रिभ्युअनुसार यो भ्याक्सिन सुरक्षित र प्रभावकारी रहेको पाइएको छ। अस्पताल भर्ना हुने र मृत्यु हुने अवस्था रोक्नसमेत यो भ्याक्सिन प्रभावकारी देखिएको निष्कर्ष निकालिएको छ। यसै साताको अन्तिमसम्म अमेरिकामा यो भ्याक्सिन प्रयोगका लागि अनुमति लिने तयारी गरिएको छ। अनुमति पाएमा अमेरिकामा प्रयोगमा आउने यो तेस्रो भ्याक्सिन हुनेछ । डिसेम्बरमा प्रयोगको स्वीकृति पाएका मोडेर्ना र फाइजरका भ्याक्सिन अमेरिकामा लगाउने क्रम जारी छ। जोन्सन एण्ड जोन्सनको भ्याक्सिन सिकिस्त बिरामी हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी देखिएको उसको दावी छ। त्यस्तै सिकिस्त हुनबाट रोक्न भने झण्...
प्रधानमन्त्री ओलीको अन्तरवार्ता लिएका जी–न्यूजका सम्पादक चौधरीले भनेः सगरमाथामा आफ्नो दावा ठोक्नुपर्छ (भिडियोसहित)

प्रधानमन्त्री ओलीको अन्तरवार्ता लिएका जी–न्यूजका सम्पादक चौधरीले भनेः सगरमाथामा आफ्नो दावा ठोक्नुपर्छ (भिडियोसहित)

ब्यानर, विश्व, समाचार
काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबार अन्तरवार्ता लिएका भारतीय टेलिभिजन च्यानल जी न्यूजका सम्पादक सुधीर चौधरीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई भारतीय नाम दिने अभियान थाल्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीको अन्तरवार्ता बजाएको अर्को दिन सम्पादक चौधरीले सगरमाथामा भारतीयले दावा ठोक्नु पर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीसँग अन्ततरबार्ता लिन गत आइतबार काठमाडौं आएका चौधरीले हेलिकप्टरमा सगरमाथा आधार शिविर पुगेको बताएका छन् । मंगलबार राति प्रशारण भएको कार्यक्रममा उनी भन्छन्– 'त्यहाँ उभिएर हामीले यस (सगरमाथा) को नाम परिवर्तन गर्न अभियान सुरू गरेका छौं।' https://www.youtube.com/watch?v=qhZjdTX100M उनले सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्छ भनेका छन् । भारतीय गणितिज्ञ राधानाथ सिकदरले सगरमाथाको उचाइ नापेकाले उनको नाममा सगरमाथाको नामाकरण हुनु पर्ने उनको तर्क छ। ‘...
विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो

प्रमुख समाचार, विश्व, स्वास्थ्य
काठमाडौं, २३ कार्तिक (ससं) । पछिल्लो २४ घण्टामा विश्वमा पाँच लाख ८७ हजार ८५२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना भाइरस संक्रमितको संख्या पाँच करोड नाघेको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड दुई लाख ५४ हजार ३७१ र मृत्यु हुनेको संख्या १२ लाख ५५ हजार ५३७ पुगेको छ। गत २४ घण्टामा सात हजार ३४५ जनाको मृत्यु भएको हो। पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख १९ हजार १४५ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार २१ जनाले ज्यान गुमाएका हुन्। फ्रान्समा ८६ हजार ८५२ नयाँ संक्रमित थपिएका छन् भने ३०४जनाको मृत्यु भएको छ। भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार ३१८ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५५७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।...
जो बाइडनलाई जितका लागि मत प्राप्त

जो बाइडनलाई जितका लागि मत प्राप्त

ब्यानर, विश्व, समाचार
काठमाडौं, २३ कार्तिक (ससं) । जो बाइडनले अमेरिकाको राष्ट्रपति निर्वाचित लागि प्रयाप्त मत प्राप्त गरेका छन् । पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी रहेको कुरा बीबीसीले उल्लेख गरेको छ । उनले महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछि उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो। उनी प्रतिस्पर्धात्मक निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका छन्। ट्रम्प पक्षले हार स्वीकार नगर्ने सङ्केत दिएको छ। विजयी हुने प्रक्षेपणपछि बाइडनले एक विज्ञप्तिमा भने, ‘मलाई र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसप्रति अमेरिकी नागरिले देखाएको विश्वासले मैले सम्मानित र धन्य महसुस गरेको छु ।’ ‘अब ...
६ लाखमा कोरोना संक्रमण पुष्टि, हालसम्म ८ हजार ६३८ को मृत्यु

६ लाखमा कोरोना संक्रमण पुष्टि, हालसम्म ८ हजार ६३८ को मृत्यु

ब्यानर, विश्व, समाचार
काठमाडौं, २१ कत्तिक (ससं) । विश्वमा २४ घण्टाभित्र पाँच लाख ९१ हजार ३०१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा आठ हजार ६३८ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ८९ लाख ९७ हजार ६३६ र मृत्यु हुनेको संख्या १२ लाख ३८ हजार ७४७ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ११ हजार ९०० जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ८१ जनाले ज्यान गुमाएका हुन्। भारतमा पछिल्लो २४ घण्टाभित्र ४७ हजार ६२२ नयाँ संक्रमित थपिएका छन् । त्यहाँ थप ६७५ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । फ्रान्समा ५८ हजार ४६ नयाँ संक्रमित थपिएका छन् भने ३६३ जनाको मृत्यु भएको छ । रसियामा १९ हजार ४०४ जना नयाँ संक्रमित थपिएका छन् भने २९२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ । गत २४ घण्टाभि...
कोरोना भाइरसका कारण विश्वभर १ हजार १० जना नेपालीको ज्यान गयो

कोरोना भाइरसका कारण विश्वभर १ हजार १० जना नेपालीको ज्यान गयो

विश्व, समाचार, स्वास्थ्य
काठमाडौं, २ कार्तिक (ससं) । विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड-19) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको हो । गैरआवासीय नेपाली संघका स्वास्थ्य समितिका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशका २ सय ८३ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा हिजो शनिवार साँझसम्म ४२ देशका ४२ हजार १ सय जना नेपाली कोरोना संक्रमित भएका थिए । तीमध्ये ३८ हजार ६ सय ४६ जना नेपालीहरु संक्रमण मुक्त भएका छन् । संक्रमित नेपाली मध्ये लगभग ९१ प्रतिशत भएको गैरआवासीय नेपाली संघले जनाएको छ । यस्तै नेपालमा ...
विश्वमा तीन करोड ६० लाखभन्दा बढी कारोना संक्रमित

विश्वमा तीन करोड ६० लाखभन्दा बढी कारोना संक्रमित

प्रमुख समाचार, ब्यानर, विश्व
काठमाडौं, २१ असोज (ससं) । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड ६० लाख २६ हजार ८१६ पुगेको छ। वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा तीन लाख पाँच हजार ४२८ संक्रमित थपिएका हुन्। कोरोना भाइरसबाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ५३ हजार ९२६ पुगेको छ। पछिल्लो २४ घण्टामा थप पाँच हजार ४४० जनाको मृत्यु भएको हो। हालसम्म दुई करोड ७१ लाख ३० हजार २९ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या ७८ लाख ४२ हजार ८६१ छ। त्यसमध्ये ६७ हजार ५८८ जना गम्भीर अवस्थाका छन्। सबैभन्दा बढी सक्रमण देखिएको अमेरिकामा संक्रमितको संख्या ७७ लाख १७ हजार ९२४ पुगेको छ। भारतमा संक्रमितको संख्या ६७ लाख ५४ हजार १७९ पुगेको छ भने ब्राजिलमा ४९ लाख ७० हजार ९५३ छ।...