Sunday, March 7Nepal News Portal
Shadow

शिक्षा

त्रिविले परीक्षाको निगरानी गर्नका लागि सीसी क्यामेरा राख्ने

त्रिविले परीक्षाको निगरानी गर्नका लागि सीसी क्यामेरा राख्ने

प्रमुख समाचार, शिक्षा
काठमाडौं, (ससं) । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो परीक्षा केन्द्रमा सीसी क्यामेरा जडान गर्ने भएको छ । वार्षिक परीक्षा प्रणाली अनुसारका परीक्षा केन्द्रमा चैत २० गतेभित्र सीसी क्यामेरा जडान गर्न त्रिविको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको हो । सोही निर्देशन अनुसार सीसी क्यामेरा जडान नगर्ने परीक्षा केन्द्रलाई आगामी दिनमा परीक्षा सञ्चालन गर्न नदिने चेतावनीसमेत दिएको छ । सीसी क्यामेरामा परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका शीलबन्दी गर्ने कक्ष र प्रवेवशद्वारको सम्पूर्ण दृश्य देखिनुपर्ने र कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने हुनुपर्ने पनि परीक्षा नियन्त्रण कार्यालयले माग गरेको छ । नियमित परीक्षालाई विश्वसनीय तथा व्यवस्थित बनाउने उद्देश्यले परीक्षा केन्द्रमा सीसी क्यामेरा जडान गर्न निर्देशन दिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।...
जेठ दोस्रो साताभित्रै एसईई सक्ने बोर्डको तयारी

जेठ दोस्रो साताभित्रै एसईई सक्ने बोर्डको तयारी

प्रमुख समाचार, ब्यानर, शिक्षा
काठमाडौं, (ससं) । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तहको परीक्षा (एसईई) आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी संचालन गर्ने तयारी थालेको छ । शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रो साताभित्र सक्ने गरी तयारीमा जुटेको हो । परीक्षा नियन्त्रकले जेठ दोस्रो साताभित्र परीक्षा सक्ने गरी तयारीमा जुटेको बताएका छन् । उनका अनुसार बोर्डले मिति तोकेको छैन तर, जेठ दोस्रो साताभित्र परीक्षा सक्ने गरी तयारी थालेको छ । सरकारले फागुन ३ गते राजपत्रमा सूचना जारी गरी शिक्षा ऐन जारी नभएसम्म एसईई सञ्चालनको अधिकार बोर्डलाई नै दिएको छ । परीक्षा संचालनको अधिकार प्राप्त गरेपछि बोर्डले यस वर्ष पनि केन्द्रगत रूपमा प्रश्न पत्र छपाइ गर्ने भएको छ । बोर्डमा आएको प्रारम्भिक रिप...
परीक्षाको बेला टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध

परीक्षाको बेला टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध

प्रमुख समाचार, ब्यानर, शिक्षा
काठमाडौं, (ससं) । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको समयमा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध गरेको छ। कक्षा १२ को परीक्षामा सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्ध गरिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। गएको मंसिरमा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको हो। यस्तै विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्रध्यक्ष चक्रबहादुर शाही तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ।...
अब कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउने

अब कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउने

प्रमुख समाचार, ब्यानर, शिक्षा
काठमाडौं, (ससं) । अब कक्षा १० मा पनि विद्यार्थी भर्ना हुन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संशोधन प्रस्ताव गरेअनुसार शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ राजपत्रमा प्रकाशित भएसँगै प्रावधान खुला गरिएको हो । हालसम्म कक्षा १० मा विद्यार्थी भर्ना प्रावधान थिएन । ऐन तथा नियमावलीअनुसार कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि सम्बन्धित विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन पाउने प्रावधान राखिएको छ । शिक्षा नियमावली, २०५९ को नियम ८० मा स्थानान्तरण प्रमाणपत्र सम्बन्धी व्यवस्था रहेको छ । उपनियम (२) मा ‘उपनियम (१)मा जुनसुकै कुरा लेखिएको भए तापनि कक्षा दशमा अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र दिइने छैन’ उल्लेख थियो । सोही नियमलाई संशोधन गरिएको हो । ‘मूल नियमावलीको नियम ८० (१) उपनियम (२) मा संशोधन गरी ‘कक्षा दशमा’ भन्ने शब्दहरूको सट्टा ‘कक्षा...
एसईई परीक्षा जेठमा गर्ने तयारी

एसईई परीक्षा जेठमा गर्ने तयारी

प्रमुख समाचार, ब्यानर, शिक्षा
काठमाडौं, (ससं) । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्र जेठमा सक्ने निर्णय गर्ने तयारी गरेको छ। शिक्षा नियमावलीमा वैशाखदेखि चैतसम्म शैक्षिक सत्र रहने उल्लेख छ। कोरोना महामारीका कारण यस वर्षको शैक्षिक सत्र प्रभावित बनेपछि दुई महिना थप गर्न लागिएको छ। यसबारे मन्त्रिपरिषदले शैक्षिक सत्र कायम गर्ने जिम्मेवारी मन्त्रालयलाई नै दिएको छ। मन्त्रालयले नियमावली संशोधन गर्न कानुन मन्त्रालयमा पठाएको छ। शिक्षा सचिव गोपीनाथ मैनालीका अनुसार राजपत्रमा प्रकाशित भएपछि शैक्षिक सत्र कहिलेसम्म कायम गर्ने भन्नेबारे निर्णय हुनेछ। ‘शिक्षा नियमावली २०५९ लाई संशोधन गर्ने प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गरेको छ। महामारीजस्ता विपदका बेला शिक्षा मन्त्रालयले शैक्षिक सत्र तय गर्न सक्ने अधिकार मन्त्रिपरिषदले दिएको छ,’ उनले भने। माघ २६ मा बसेको मन्त्रिपरिषद बैठकले माध्यमिक शिक्षा परीक्षा (...
त्रिविमा फागुन अन्तिम सातादेखि भौतिक उपस्थितिमा पढाइ शुरु हुने

त्रिविमा फागुन अन्तिम सातादेखि भौतिक उपस्थितिमा पढाइ शुरु हुने

प्रमुख समाचार, ब्यानर, शिक्षा
काठमाडौं, (ससं) । त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु हुने भएको त्रिविका शिक्षाध्यक्ष प्राडा. पेशल दाहालले जानकारी दिएका छन् । उनले कोभिड–१९ सामान्य भइसकेकाले भौतिक रुपमा विद्यार्थी उपस्थिति गरेर कक्षा सञ्चालन गर्न थालिएको बताएका हुन् । कोभिड–१९ पछि त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्दै आइरहेको थियो । त्रिविले कोभिड–१९ को कारणले यस वर्ष तीन महिनापछि मात्र कक्षा सञ्चालन गर्न थालेको हो । उहाँका अनुसार केही क्याम्पसले स्थानीय तहको स्वीकृत लिएर पहिल्यैदेखि नै पठनपाठन शुरु गरिसकेका छन् ।...
मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परीक्षा तयार गर्न सक्ने

मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परीक्षा तयार गर्न सक्ने

प्रमुख समाचार, शिक्षा
काठमाडौं, (ससं) । मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अब अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सकिने भएको छ। छिमेकी देश भारतमा मेडिकल र इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डियाले नेपालमा पनि अनलाइनमार्फत मेडिकल र इन्जनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था मिलाएको हो। त्यसैगरी, नेपाल बसेर कक्षा ११ र १२ अध्ययन गर्ने भारतीय विद्यार्थीहरुलाई पनि भारत जानुपर्ने बाध्यता नहुने बताइएको छ।...
त्रिभुवन विश्वविद्यालयले बीएस्सी फरेस्ट्रीमा आवेदन खुलायो

त्रिभुवन विश्वविद्यालयले बीएस्सी फरेस्ट्रीमा आवेदन खुलायो

प्रमुख समाचार, शिक्षा
काठमाडौं, (ससं) । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानले बीएस्सी फरेस्ट्रीमा अनलाइन आवेदन आव्हान गरेको छ । मंगलबारदेखि आवेदन खुलेको संस्थानका डिन डा. वीरबहादुर खनाल क्षेत्रीले जानकारी दिए । संस्थानले पोखरा क्याम्पसमा ८० र हेटौंडा क्याम्पसमा ८० सिटका लागि भर्ना आव्हान गरेको हो । ७ चैतमा साता प्रवेश परीक्षा सञ्चालन हुने र वैशाखदेखि पढाइ सञ्चालन हुने डिन कार्यालयले जनाएको छ ।...
सार्वजनिक भयो कक्षा १२ को नतिजा

सार्वजनिक भयो कक्षा १२ को नतिजा

प्रमुख समाचार, ब्यानर, शिक्षा
काठमाडौं, (ससं) । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकको निर्णयपछि कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । नतिजाको विस्तृत विवरण बोर्डको वेबसाइटमा राख्ने तयारी गरिरहेको छ। बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको हो । कोरोना भाइरसको महामारीका कारण गएको वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार विद्यार्थी सहभागी थिए ।...
मध्यपुरथिमिका विद्यालय आइतबारदेखि सञ्चालनमा आउँने

मध्यपुरथिमिका विद्यालय आइतबारदेखि सञ्चालनमा आउँने

प्रमुख समाचार, शिक्षा
काठमाडौं, (ससं) । कोराना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि पूर्ण रुपमा सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नगर शिक्षा समितिको बैठकले माघ ४ गतेदेखि विद्यालय सञ्चालन गर्ने गरिएको निर्णयानुसार विद्यालय सञ्चालनमा आउन लागेको नगर शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख ज्ञानेन्द्र वनले जानकारी दिएका छन् । यसका लागि मध्यपुरथिमि नगरपालिकाले ७ बुँदे निर्देशिकासमेत जारी गरेको छ । नगरपालिकाले जारी गरेको निर्देशिकामा विद्यालय सञ्चालन सम्बन्धी ढाँचा–२०७७ को बुँदा नं ३ अनुसार विद्यालय सञ्चालन पूर्व गर्नुपर्ने सबै तयारी पूरा गर्नुपर्ने, विद्यार्थी सङ्ख्या र भौतिक उपलब्धताका...