Monday, March 8Nepal News Portal
Shadow

समाचार

चार दिनसम्म बन्धक बनाई १७ वर्षीया किशोरीलाई बलात्कार, एक व्यक्ति पक्राउ

चार दिनसम्म बन्धक बनाई १७ वर्षीया किशोरीलाई बलात्कार, एक व्यक्ति पक्राउ

समाचार
काठमाडौं, (ससं) । भक्तपुर जिल्लाको कौशलटारमा एक १७ वर्षीया किशोरीलाई बिवाह गर्छु भनि ल्याएर चार दिनसम्म बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २७ वर्षीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका–४ सन्तनगर घर भई हाल कौशलटारमा डेरा गरी बस्ने २७ वर्षीय दुर्गानन्द चौधरी रहेकबा छन् । उनले उदयपुरको गाईघाट घर भएकी १७ वर्षीया किशोरीलाई कोठामा राखेर चार दिनसम्म जबरजस्ती करणी गरेको महामनगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको हो । ‘विवाह गर्छु, घुम्न जाउ’ भनेर किशोरीलाई गाईघाटबाट बसमा चढाई कौशलटारस्थित डेरामा ल्याएर किशोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको पाइएकोप्रहरीले जनाएको छ । चौधरीले ११ फागुनदेखि १४ फागुनसम्म किशोरीलाई कोठामा राखेर जबजस्ती करणी गरेका प्रहरीले जनाएको छ । किशोरीले अभिभावकको सहयोगमा २१ फागुनमा चौधरीविरुद्ध जबरजस्ती करणी आरोपमा किटानी जाहेरी दिएपछ...
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सर्‍यो

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सर्‍यो

ब्यानर, राजनीति, समाचार
काठमाडौं, (ससं) । साविकको नेकपा प्रचण्ड–नेपाल समूहले बोलाएको स्थायी कमिटी बैठक सरेको छ । सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कानुनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको बताइएको छ । सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न दाहाल–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको हो । अदालतको फैसलालगत्तै यो समूहका शीर्ष नेताले कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए । अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय स्थायी कमिटी बैठकबाट हुने पनि प्रवक्ता श्रेष्ठले बताएका छन् ।...
यो वर्ष सेना दिवस फरक तरिकाले मनाईने

यो वर्ष सेना दिवस फरक तरिकाले मनाईने

प्रमुख समाचार, समाचार
काठमाडौं, (ससं) । नेपाली सेनाले यो वर्ष सेना दिवस अन्य वर्षभन्दा फरक तरिकाले मनाईने भएको । यो वर्षको सेना दिवसमा सांस्कृतिक कार्यक्रम नगरिने भएको हो । कोरोना भाईरस (कोभिड–१९) को महामारीलाई ध्यानमा राख्दै यसपटकको महाशिवरात्री तथा सेना दिवसमा विगतमा जस्तो भोज तथा सांस्कृतिक कार्यक्रम नगरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जानकारी दिएको हो । निर्देशनालयका अनुसार फागुन २७ मा महाशिवरात्री तथा सेना दिवस–२०७७ को अवसरमा नेपाली सेनाले काठमाडौको सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोहमा १२ सय फौज घटाइएको छ । यसअघि सेना दिवसको अवसरमा ३ हजार भन्दा बढी सय फौज परिचालन हुँदै आएका थिए । सेनाले फागुन २६ मा वीर स्मारक, छाउनीमा प्रधान सेनापतिबाट नेपाली सेनाका विरगति प्राप्त गर्ने सकलदर्जाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा वीरगति प्राप्त सकलदर्जाका एकल महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम राखेको ...
डिप्रोक्स लघुवित्तको २० प्रतिशत लाभांश चैत २० गते पारित हुने

डिप्रोक्स लघुवित्तको २० प्रतिशत लाभांश चैत २० गते पारित हुने

आर्थिक, समाचार
काठमाडौं, (ससं) । डिप्रोक्स लभुवित्त वित्तीय संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभा आगामी चैत २० गते शुक्रबार हुने भएको छ । फागुन २१ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले होटल मोनालिसा सौराहा, चितवनमा विहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर उक्त सभाबाट परित गरिने छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापूूँजीको ५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर शेयरधनीहरुलाई दिने निर्णय गरिएको छ । साधारणसभा प्रयोजनका लागि चैत १० गतेदेखि चैत २० गतेसम्म शेयर दाखिल खारेज बन्द (बुक क्लोज) रहनेछ । चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई नियमानुसार सि.डि.एस.एण्ड क्लियरिङ्ग लिमिटेडबाट राफसाफसमेत भई शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमा रहेको दर्ता किताबमा कायम हुन आएक...
एमाले र माओवादी केन्द्र अस्तित्वमा

एमाले र माओवादी केन्द्र अस्तित्वमा

ब्यानर, राजनीति, समाचार
काठमाडौं, (ससं) । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अस्तित्व कायम रहने भनी फैसला गरेको छ । राजनीतिक विषयवस्तुमा प्रवेश गरी अदालतले गरेको यो फैसलासँग हाल सत्ताबाहिर रहेका एमाले पृष्ठभूमिका नेकपाका नेताहरु एमालेका सांसदको रुपमा रहनेछन् भने हाल सत्तारुढ खेमामा रहेका माओवादी केन्द्रका सांसदहरु माओवादी केन्द्रको सांसदको रुपमा रहनेछन् । सर्वोच्च अदालतको यो फैसलाले हालको राजनीतिक परिस्थितिलाई थप जटिल बनाएको छ । सर्वोच्चले दुई दल मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी९नेकपा०को नाम दर्ता गर्ने निर्णय बदर भएपछि निर्वाचन आयोगमा नेकपा एमाले र माओवादी केन्द्र भनी फरक–फरक रुपमा रहेका दलहरुको अस्तित्व ब्युँझिएको भन्दै एकीकरण गर्ने भए यथाशीघ्र निर्णय गर्नु भनी आदेश गरेको हो ।...
सर्वोच्चको फैसला ऋषी कट्टेलको पक्षमा

सर्वोच्चको फैसला ऋषी कट्टेलको पक्षमा

समाचार
काठमाडौं, (ससं) । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता सम्बन्धि मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन अनुसार नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो । सर्वोच्चको फैसलासँगै केपी शर्मा अ‍ोली र प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।...
फागुन २३ गते आइतबारको राशिफल

फागुन २३ गते आइतबारको राशिफल

समाचार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामाजिक कामको जिम्मेवारी बढ्नेछ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरी बाहिर आउनाले काममा समस्या पर्ला। वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। टाढिएका साथीभाइसँग भेटघाट हुनेछ। मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर ख...
सन्दिप न्यौपानेको ‘लालुमै’पछि ‘सान्बाबु’ (भिडियोसहित)

सन्दिप न्यौपानेको ‘लालुमै’पछि ‘सान्बाबु’ (भिडियोसहित)

मनाेरञ्जन, समाचार
काठमाडौं, (ससं) । गायक सन्दिप न्यौपानेले दोहोरी गीत ‘लालुमै’को सफलतापछि ‘सान्बाबु’ लिएर आएका छन् । शिव हमालको सृजनामा बजारमा ल्याइएको ‘लालुमै’ले लोक बजार पिटेको दुई बर्षपछि गायक न्यौपानेले उस्तै प्याटनको दोहोरी गीत ‘सान्बाबु’ल्याएका हुन् । गायक न्यौपानेको दोहोरी गीत ‘लालुमै’लाई यूटुवमा ३ करोड ३६ लाख बढि दर्शकले हेरेका छन् । उनै गायक न्यौपानेले दुई बर्ष पछि ‘सान्बाबु’लिएर बजारमा आएका छन् । न्यौपानेको शब्द र संगीत सिर्जनामा तयार भएको गीतमा सम्झना भण्डारीको स्वरमा साथ छ । यस गीतको म्यूजिक भिडियोमा पछिल्लो समयका चर्चित जुम्ल्याह जोडी स्मारिका र समारिकासँगै गायक सन्दिप न्यौपानेको अभिनय तथा नृत्य रहेको छ । भिडियोको कोरियोग्राफर एवं निर्देशक भने प्रकाश भट्ट हुन् । अमर सुनार यस भिडियोको एसिस्टेन्ट कोरियोग्राफर हुन् । नवराज उप्रेतीको छायाँकन रहेको यस गीतको भिडियोलाई विष्णु शर्माले सम्प...
तरुण दल तिलोत्तमाद्वारा आयोजित वडास्तरीय फुटसलमा वडा नं. ४ विजयी

तरुण दल तिलोत्तमाद्वारा आयोजित वडास्तरीय फुटसलमा वडा नं. ४ विजयी

प्रमुख समाचार, समाचार
काठमाडौं, (ससं) । नेपाल तरुण दल, तिलोत्तमा नगर समितिले सञ्चालन गरेको वडा स्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नं. ४ ले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा वडा नं. ४ ले वडा नं. १ लाई पराजित गरेको हो । निकै रोचक भएको खेल ट्राइबेकरबाट विजेताको टुंगो लागेको थियो । वडा नं.४ ले ३/२ गोलको अन्तरले जित हासिल गरेको हो । फागुन २० गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा वडाका तरुण टिमहरुले भाग लिएको तिलोत्तमा तरुण दल अध्यक्ष खेम क्षत्रीले जानकारी दिए। प्रतियोगिताको उपाधि विजेतालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका थिए । विजेताले नगद ३० हजार रुपैयाँ, उपाधि कप, मेडल, प्रमाणपत्र र उपविजेताले नगद १५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्र पाएका छन् । विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीको सम्मान ...
धनगढीको आलोक मल्टी कन्सर्न प्रा.लि. आगोलागी हुँदा करोडौंको क्षती

धनगढीको आलोक मल्टी कन्सर्न प्रा.लि. आगोलागी हुँदा करोडौंको क्षती

समाचार
धनगढी, (ससं) । धनगढी उप-महानगरपालि -४ चटकपुर स्थित रहेको आलोक मल्टी कन्सर्न प्रा.लि. मा आगलागी भएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आगलाागी बाट करोडौंको नोक्सान भएको छ भने आगलागी नियन्त्रणमा प्रहरी, नेपाली सेना लगायतका शुरक्षा निकाय हरु प्रयासरत छन् । अहिलेसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन।...