
महिलाहरुले अनुहारको अनावश्यक रौं फाल्न उपनाउने घरेलु उपाय
काठमाडौं, (ससं) । के तपाइमा पनि समस्या तँ यस्तो समस्या भएको छैन ?अनिच्छित रौं पलाउने समस्या महिला वा युवतीमा मात्रै नभएर सबै युवकहरु पनि पीडित भएको पाइन्छ । कतिपय महिला तथा किशोरीको अनुहारमा जुगाँको रेखा प्रष्टै देखिन्छ । यी रौं पुरुषको दाह्रि जुगाँ जस्तो लामो नभएपनि महिलाको अनुहारमा यसरी अनावश्यक रौं पलाउनु अप्राक्रृतिक तथा अस्वभाविक देखिन्छ ।
धैरैजसो महिलाको शरीरमा असामान्य ठाँउहरुमा जस्तै अनुहारमा दाह्रि(जुँगा देखिनु, स्त नकोनिप्पल वरिपरी रौं पलाउने, हातखुट्टामा अनावश्यक भुत्ला देखिने । यस समस्याबाट पीडित महिला, युवतीहरु शारीरिक एवं मानसिक तथा सामाजिक रुपले पनि पीडित भइरहेका हुन्छन् ।
यसरी महिलाको अनुहारमा पुरुषको जस्तो दाह्रि-जुँगा पलाउनुलाई चिकित्सकीय भाषामा (हर्सुटिज्म) भनिन्छ । यस किसिमको समस्याबाट प्रायस् एसियाली र अफ्रिकी मुलुकका महिला एवं युवतीहरु बढी पीडित भएको देखिन्छन् ।...