Thursday, April 22Nepal News Portal
Shadow

स्वास्थ्य

भारतमा थपिए एकैदिन झन्डै ३ लाख कोरोना संक्रमित

भारतमा थपिए एकैदिन झन्डै ३ लाख कोरोना संक्रमित

प्रमुख समाचार, ब्यानर, स्वास्थ्य
भारतमा मंगलबार (हिजो) एकैदिन झन्डै ३ लाख मानिसमा कोरोनाभाइरस (कोभिड (१९) को संक्रमण पुष्टि भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार भारतभरि २ लाख ९४ हजार २ सय ९१ मानिसमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। भारतमा पहिलो लहर सबैभन्दा धेरै दैनिक संक्रमण ९८ हजारमात्र थियो। संसारमा कुनै पनि मुलुकमा एकैदिन यति धेरै संक्रमित थपिएको यो दोस्रो घटना हो। यसअघि संयुक्त राज्य अमेरिकामा गत जनवरी ८ मा एकैदिन ३ लाख ७ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको थियो। भारतमा संक्रमितको संख्या थपिएसँगै दैनिक मृत्यु हुनेको संख्यामा पनि नयाँ रेकर्ड बनेको छ। मंगलबार एकैदिन भारतभर २ हजार २१ जना संक्रमितले ज्यान गुमाएका छन्। भारतमा अहिले १ सय जनालाई परीक्षण गर्दा १९ जनामा कोरोना पोजेटिभ देखिने गरेको छ। भारतमा अहिलेसम्म १ करोड ५६ लाख मानिसमा कोरोना संक्रमण भएको छ भने १ लाख ८२ हजार संक्रमितले ज्यान ग...
कोरोनाविरुद्धको चिनियाँ खोप लगाउन शुरु

कोरोनाविरुद्धको चिनियाँ खोप लगाउन शुरु

ब्यानर, स्वास्थ्य
काठमाडौं, (ससं) । चीनबाट अनुदान सहयोगमा प्राप्त भएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोप बुधबार (आज) देखि लगाउन शुरु गरिएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप कार्यक्रमको शुरुवात गर्न नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको पनि उपस्थिति रहेको थियो । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिइँदैछ । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।...
भारतमा २४ घण्टामा १ लाख संक्रमित थपिए

भारतमा २४ घण्टामा १ लाख संक्रमित थपिए

प्रमुख समाचार, स्वास्थ्य
दिल्ली, (ससं) । दिल्लीमा संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । महाराष्ट्रपछि कोराना नियन्त्रणका लागि भारत सरकारले दिल्लीमा कडाइ गर्न लागेको हो । केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनु्सार भारतमा पछिल्लो २४ घण्टामा ९६,९८२ नयाँ संक्रमित थपिएका छन् । डिस्चार्ज हुनेको संख्या ५०,१४३ रहेको छ भने ४४६ जनाको मृत्यु भइसकेको छ । भारतको आर्थिक राजधानी मुम्बईमा समेत सोमबारदेखि रात्रीकालिन कर्फ्यु लगाइएको छ । मुम्बइमा सिनेमा घर र भीडभाड हुने व्यापारिक थलोहरु बन्द गरिएको छ ।...
कोरोनाको दोस्रो डोजको खोप वैशाख ७ बाट ११ गतेसम्म लगाइने

कोरोनाको दोस्रो डोजको खोप वैशाख ७ बाट ११ गतेसम्म लगाइने

ब्यानर, स्वास्थ्य
काठमाडौं, (ससं) । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको दोस्रो डोजको खोप आगामी वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी गरेको छ । स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्राध्यापक डा. जागेश्वर गौतमले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप लगाउने समय निर्धारण भएको बताएका हुन् । जसमा ४ लाख ५० हजार जनाले यो खोप लगाउनेछन् । पहिलो प्रथमिकतामा पर्ने स्वास्थ्यकर्मी, सीमाक्षेत्रमा खटिने सुरक्षाकर्मी, ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा, कैदीबन्दी, अस्पताल एवम् शव व्यवस्थापनमा काम गर्ने कर्मचारी र दीर्घरोगी लगायतका व्यक्तिहरुले खोप लगाउने उनले बताएका छन् । चीन सरकारले सोमबार ८ लाख कोरोनाविरुद्धको भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको छ । यसअघि २३ लाख ४८ हजार र भारतीय सेनाले उपलब्ध गराएको १ लाख गरी जम्मा हालसम्म नेपालले ३२ लाख ४८ हजार कोरोनाविरुद्धको खोप प्राप्त गरेको छ ।...
पिसाब थामेर बस्नु यसकारण खतरनाक हुन्छ? जान्नुहोस्

पिसाब थामेर बस्नु यसकारण खतरनाक हुन्छ? जान्नुहोस्

सम्पादकीय, स्वास्थ्य
काठमाडौं, (ससं) । पिसाब रोक्ने चिज होइन। फाल्नुपर्ने चिज साँचेर राख्नु हुँदैन। तपाईँलाई जब पिसाब गर्न मन लाग्छ, तब गरिहाल्नुपर्छ तत्र फेरि स्वास्थ्यको ख्याल पनि त गर्नुपर्यो, त्यसैले यो कुरा महत्वपूर्ण हुन आउँछ। किन रोक्नु हुँदैन पिसाब? मूत्रथैलीमा करीब ४४३.६ मिलिलिटर पिसाब अटाउँदछ र धेरैबेरसम्म पिसाब रोक्नाले थैली फुल्न सक्छ। हाम्रो पिसाबथैलीको स्वचालित प्रतिक्रिया संयन्त्रले थैली भरिएपछि दिमागमा सङ्केत पठाउँछ र दिमागले तपाईँलाई तुरुन्तै नजिकैको चर्पीमा जान आदेश दिन्छ। तर यदि तपाईँले दिमागको आदेश मान्नुभएन भने, तपाईँको शरीरले कति बेला चर्पी जानुपर्छ भनेर थाहा पाउने क्षमता गुमाउन सक्छ। तपाईँले जतिलामो समय पिसाब रोक्नुहुन्छ, तपाईँको थैली त्यति नै बढी ब्याक्टेरियाहरूको घर बन्न पुग्छ। यस्तो ब्याक्टेरियाले मृगौला सम्म सङ्क्रमण फैलाउँन सक्ने हुँदा पिसाब रोक्दा ठुलो रिस्क मोल्नुपर्ने हुन्...
तपाईलाई यस्ता लक्षण देखा पर्छन ? कतै मृगौला सम्बन्धी रोगता लागेको हैन ? अवस्य पढ्नुहोला

तपाईलाई यस्ता लक्षण देखा पर्छन ? कतै मृगौला सम्बन्धी रोगता लागेको हैन ? अवस्य पढ्नुहोला

सम्पादकीय, स्वास्थ्य
काठमाडौं, (ससं) । हाम्रो शरीरमा भएका दुई मृगौलाले शरीरमा भएका हानिकारक विषालु पदार्थहरूलाई छानेर पिसाब मार्फत बाहिर फाल्ने काम हो। तर यदि मृगौलामा कुनै पनि समस्या आउन थाल्यो भने यसले राम्ररी आफ्नो काम गर्न सक्दैन, जसको कारण मृगौलाको पत्थरी हुने, मूत्रथैलीको क्यान्सर हुने जस्ता घातक समस्याहरू आउन सक्छन्। १. छिन(छिनमै पिसाब लागिराख्नु, रातीको समयमा यो समस्या बढि हुँदै जानु २. पिसाब गर्दा अत्याधिक पीडा हुनु र पीडाको कारण पिसाब गर्न नपाउनु ३. पिसाबमा रगत वा फिँज देखा पर्नु ४. मृगौला खराब हुँदै गएमा शरीरमा जम्मा भएका पानी र नुन बाहिर निस्कन पाउँदैन जसको कारण शरीरका अङ्गहरू फुल्न थाल्दछन्। ५. मृगौलामा समस्या आउन गएमा रगतमा पर्याप्त मात्रामा अक्सिजन पुग्न पाउँदैन, जसको कारण अनिन्द्रा, कमजोरी र थकान जस्ता समस्या आउन थाल्दछ। ६. शरीरबाट हानिकारक तत्वहरू बाहिर निस्कन नपाएपछि छालामा समेत...
के तपाँई दिनहुँ कागती पानी सेवन गर्नुहुन्छ ? कागती पानी पिउनु अघि सोच्नुहोस् यस्ता कुरा

के तपाँई दिनहुँ कागती पानी सेवन गर्नुहुन्छ ? कागती पानी पिउनु अघि सोच्नुहोस् यस्ता कुरा

स्वास्थ्य
काठमाडौं, (ससं) । विहान विहान खाली पेटमा कागती पानी पिउनुका धेरै फाइदा छन्। तर तपाई दिनहुँ कागती पाउनी पिउनु हुन्छ भने तपाईले सचेत हुने ठाउँ पनि छन्। १. ज्यादा कागतीपानीले दाँतलाई असार पुर्याउँछ। कागतीमा हुने एसिडले दातँमा हुने इनामेललाई पुर्याउने हानीबाट बच्न पाइप९स्ट्र०बाट पिउनु उपयुक्त हुन्छ। २. सबै अवस्थामा कागती पानी पिउनु हुन्न। एसिडटी, हार्ट बर्न, रिफ्लक्स जस्ता समस्यामा कागती पानीबाट बच्नु पर्छ। ४. तपाईको दाँतमा पहिल्यै समस्या छ भने पनि कागती पिउनु अघि डेन्टिस्टको सल्लाह लिन जरुरी छ। ५. धेरै मात्रामा कागती पानी पिउँदा धेरै पटक पिसाव आउँछ। बारम्बार शरिरबाट पिसाव जाँदा पनि डिहाइड्रेशनको समस्या हुनसक्छ। ६. धेरै कागती पानीले एसिडिटी त बढाउँछनै । पेटका अन्य अंगहरुमा हानी पनि पुर्याउन सक्दछ। धेरै कागती पानी पिउँनाले पाचन प्रणाली समेत खराब हुन् सक्छ। ७. कागती पानीमा अक्सले...
भारतमा एकैदिन थपिए ५९ हजार कोरोना संक्रमित

भारतमा एकैदिन थपिए ५९ हजार कोरोना संक्रमित

ब्यानर, स्वास्थ्य
एजेन्सी, (ससं) । पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन यति धेरै संक्रमित पुष्टि भएको यो वर्षकै धेरै भएको भारतीय संचारमाध्यमहरुले जनाएका हुन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९८३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २५७ जनाको मृत्यु भएको जनाइएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ५९६ रहेका बताइएको छ । यसैबीच भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको समेत बताएको छ । साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने भारतले जनाएको हो ।...
के तपाई कुनै पनि कुरा बिर्सिएर हैरान हुनुहुन्छ ? यो उपाय अपनाएर बढाउनुस् स्मरणशक्ति

के तपाई कुनै पनि कुरा बिर्सिएर हैरान हुनुहुन्छ ? यो उपाय अपनाएर बढाउनुस् स्मरणशक्ति

रोचक, स्वास्थ्य
काठमाडौं, (ससं) । गर्दा धेरै मानिसको दिमाग निकैनै कमजोर हुने गर्दछ । दिमाग कमजोर भएपछि स्मरणशक्ति पनि गुम्ने नै भयो । तपाईंमा यो समस्या छ भने यहाँ बताइएका उपाय अपनाउनुस् । भिजाइएको बदाम प्रत्येक रात १० वटा बदाम पानीमा भिजाएर राख्नुस् । बिहान उठेर त्यसको बोक्रा निकालेर मसिनो पेस्ट बनाउनुस् । अनि त्यसमा मह हालेर उमाल्नुस् । त्यसपछि त्यसलाई चिसो बनाएर पिउनुस् । यो सेवन गरेको दुई घन्टासम्म केही नखानुस् । अमला अमलाले स्वास्थ्यसम्बन्धी धेरै समस्यालाई समाधान गर्छ । बिहान खाली पेट अमलाको मुरब्बा खाँदा स्मरणशक्ति बढ्छ । घरिघरि रिस उठ्ने समस्या पनि यसबाट हुँदैन । गाईको घिउ गाईको घिउको राति सुत्नुअघि टाउकोको मालिस गर्नुस् । यसले स्मरणशक्ति तीखो बनाउँछ । ओखर ओखरमा दिमाग तीखो बनाउने गुण विद्यमान हुन्छ । दश ग्राम किसमिसका साथ २० ग्राम ओखर खानुस् । गाजर दिनको दुईतीनचोटि गाजर खाँदा पन...
पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना पुष्टि

प्रमुख समाचार, स्वास्थ्य
काठमाडौं, (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा थप १८८ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार ७७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ९७ पुगेको छ। हाल देशभर १ हजार १ सय २८ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ४ हजार ३२ पीसीआर परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९ पुगेको छ। उपत्यकामा थप ९७ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ७६, ललितपुरका १६ तथा भक्तपुरका ५ जनामा संक्रमण पुष्टि भएको हो।...