Thursday, March 4Nepal News Portal
Shadow

Uncategorized

ताप्लेजुङ दोभान बजारमा आगलागी, ३५ घर जलेर नष्ट

ताप्लेजुङ दोभान बजारमा आगलागी, ३५ घर जलेर नष्ट

Uncategorized, समाचार, समाज
ताप्लेजुङ, (ससं) । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उनले भने, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दै छौँ ।” ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । उनले भने, “म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।” सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिए । रासस...
सर्वोच्चको फैसला मानेर ओली समूहको जाने  निर्णय

सर्वोच्चको फैसला मानेर ओली समूहको जाने  निर्णय

Uncategorized
काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को ओली समूहले सर्वोच्च अदालतको फैसला मान्ने निर्णय गरेको छ । बुधबार (आज) प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको यो समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको निर्णय मानेर जाने निर्णय गरेको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई मंगलबार बदर गरेको थियो । प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको आदेश अनुसार १३ दिन भित्र नै संसद् बैठक बोलाउने बताएका छन् । समग्र परिस्थितिको छलफल गर्न छिट्टै पार्टीको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बोलाउने पनि ज्ञवालीले बताएका छन् । प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ज्ञवालीले भने, हामी दलहरुसँग छलफलमा छौं । उहाँहरुका कुरा पनि सुनेका छौं । मुलुकलाई अन्योलमा राख्न हुँदैन भन्ने हाम्रो भनाई ह...
मुखमा कालो टेप टाँसेर मञ्चमा पुगिन् रामकुमारी झाँक्री

मुखमा कालो टेप टाँसेर मञ्चमा पुगिन् रामकुमारी झाँक्री

Uncategorized, प्रमुख समाचार, राजनीति
काठमाडौं , (ससं) । प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा अहिले राजधानीमा आमसभा गरिरहेको छ। सभामा अहिले वक्ताहरूले बोल्ने क्रम जारी रहेको छ । वक्ताहरूले ओलीले गरेको प्रतिगमनको विरोध गरेका छन्। बोल्ने क्रममा केन्द्रीय सदस्य रामकुमारी झाँक्री भने फरक अवस्थामा मञ्चमा पुगेकी छन्। कार्यक्रम सञ्चालक लीलामणि पोखरेलले बोल्न नाम डाकेपछि झाँक्रीले प्रतिगमन मुर्दावाद लेखिएको कपडा शरीरबाट निकालेर फालेकी थिइन्। त्यसपछि माइकमा पुगेकी झाँक्रीले मास्क फुकालिन्। मास्क फुकाल्दा उनको मुख कालो टेप टाँसिएको थियो। उनले टेप निकालेर भनिन्- बोल्न पाइन्छ। हामी बोल्न जन्मिएका हौं। झाँक्रीको हातमा कालोपट्टी पनि बाँधिएको थियो। मञ्चबाट झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध विवादमा परेको उनको केही दिनअघिको अभिव्यक्तिबारे स्पष्टीकरण दिएकी थिइन्। संस्थाको क...

घुस लिएको आरोपमा वन रक्षक पक्राउ

Uncategorized, प्रमुख समाचार, समाचार
  काठमाडौँ, १ कार्तिक (ससं) । सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा वन रक्षक प्रेमचन्द्र विक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीबाट पक्राउ परेका हुन् । सेवाग्राहीसँगबाट घुस रकम लिइसकेको अवस्थामा विकलाई सैनामैना नगरपालिका–६ कलौनीचोक, रुपन्देहीबाट रंगेहात नियन्त्रणमा लिएर पछि थप अनुसन्धान भइरहेको छ ।...
ललितपुरबाट साढे चार लाख नक्कली नोट बरामद

ललितपुरबाट साढे चार लाख नक्कली नोट बरामद

Uncategorized, प्रमुख समाचार, ब्यानर, समाज
काठमाडौं, १ असोज (सस) । ललितपुरबाट प्रहरीले चार लाख ६५ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ । ललितपुर–१४, ताल्छीखेलमा रहेको एक सुन पसलमा आएका ग्राहकले नक्कली नोट दिएर सुन खरिद गरेको पाइएको हो । जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी नामक पसलका सञ्चालक डम्बरबहादुर रिजालले प्रहरीलाई सूचना दिएपछि फरार व्यक्तिको खोजी थालिएको छ । प्रहरीका अनुसार ५ तोला बराबरको सुनको हार किन्ने बहानामा नक्कली नोट दिइएको थियो । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त, सातदोबाटोबाट खटिएको टोलीले नोट बरामद गरेको जनाइएको छ । सातदोबाटोका डीएसपी मित्रबन्धु शर्मा अनुसार सुन किन्न आएका व्यक्तिले ५ लाख भनेर हजार दरको नोटको बिटो पसल सञ्चालकलाई दिएका थिए । सञ्चालकले पैसा राम्रोसँग नहेरी बिल बनाउन थालेको पाइएको उनको भनाइ छ । बिल बनाउँदै गर्दा सुन किन्न आएका व्यक्ति भने फरार भएका थिए । घटनाबारे ढिला ग...