
शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु यस्ता छन्
काठमाडौं, (ससं) । पछिल्लो समय शेयर बजारमा लगानी गर्नेको संख्या बढ्दै गएको छ। अनलाइनबाट शेयर कारोबार गर्नेको संख्या पनि उलेख्य रुपमा बढ्दै गएको छ । कतिले बुझेर लगानी गरेका हुन्छन् भने कतिले त अरुको कुरा सुनेर शेयर बजारमा लागनी गर्ने गरेका छन् । शेयर बजारमा सुरक्षित हुनका लागि यी कुरालाई ध्यान दिन आवश्यक छ ।
शेयर बजारमा लगानी गर्नु भन्दा पहिला दुई ओटा कुरा सबैले जन्नु पर्दछ । एउटा प्राथमिक बजार र अर्काे दोस्रो बजार । प्रथमिक बजारको लगानी सुरक्षित हुन्छ भने दोस्रो बजारको लागनीमा जोखिम हुने गर्दछ ।
शेयरलाई धितोपत्र खरिद विक्री भनिन्छ ।
१) सार्वजनिक निष्काशन भएको समयमा धितोपत्र खरीद गर्दाः
–निष्काशनकर्ता कम्पनीको विवरणपत्र अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति नेटवर्थ, नाफा नोक्सान स्थिति आदि, व्यवस्थापन पक्ष, जोखिम पक्ष जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण गरेर मा...